प्रस, वीरगंज, ३० चैत/
जिल्ला प्रहरी कार्यालय, पर्साले चैत महीनामा करीब छ करोड बराबरको चोरी पैठारीका सामानहरू बरामद गरी राजस्व अनुसन्धान कार्यालय, पथलैया र वीरगंज भन्सार कार्यालय चलान गरेको छ । जिप्रका, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले चैत १ देखि ३० गतेसम्म पाँच करोड ८७ लाख ३६ हजार बराबरको भन्सार छलीका सामानहरू बरामद गरेर सम्बन्धित कार्यालयमा चलान गरिएको बताए ।

उनले मातहतका विभिन्न कार्यालयहरूबाट भन्सार छली, बिलबीजकभन्दा बढीका सामानहरू बरामद गरिएको जानकारी गराए । प्रवक्ता थापाले यस अवधिमा रु एक करोड २३ लाख ४६ हजार बराबरको लत्ताकपडा, रु एक करोड १० लाख ८७ हजार बराबरको सवारीसाधनका पार्टपुर्जा, रु दुई करोड १० लाख ७८ हजार बराबरको विद्युतीय सामग्रीहरू र रु एक करोड ४२ लाख २३ हजार बराबरको किराना तथा खाद्यान्न मालवस्तुहरू बरामद भएको तथा ती बरामद सामानहरू आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया र वीरगंज भन्सार कार्यालय चलान गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here