प्रस, वीरगंज, २८ चैत/
जिल्ला प्रहरी कार्यालय, बारा अन्तर्गतका प्रहरी युनिटले मङ्गलवार राति सवा ४६ लाख बराबरका खुद्रा सामानहरू बरामद गरी राजस्व अनुसन्धान कार्यालय, पथलैया चलान गरेको बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।

प्रवक्ता न्यौपानले जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित इलाका प्रहरी कार्यालय जीतपुरले हिजो राति सवा ११ बजे वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको एउटा मिनीट्रक नियन्त्रणमा लिएर चेकजाँच गर्दा करीब २३ लाख ४१ हजार बराबरका खुद्रा सामान बरामद भएको बताए । यसैगरी, जीतपुरसिमरा उपमहानगर–१ स्थित पथलैया प्रहरी चौकीले अबेर राति डेढ बजे वीरगंजबाट सिन्धुलीतर्फ गइरहेको एउटा ट्रक रोकी चेकजाँच गर्दा २२ लाख ८४ हजार बराबरका खुद्रा सामान बरामद भएको बताए । उनले बरामद सामान र ट्रकलाई बुधवार राजस्व अनुसन्धान कार्यालय, पथलैया चलान गरिएको जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here