प्रस, वीरगंज, २४ चैत/
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एसको दोस्रो महाधिवेशनबाट डिस्ट्रिक गभर्नरमा काशी डोल्मा तम्बा हाम्ले सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी, प्रथम उपाध्यक्षमा विनय बस्नेत सर्वसम्मत भएका छन् भने दोस्रो उपाध्यक्षमा रामबिहारी पाण्डे निर्वाचित भएका छन् । ११३ जना मतदातामध्ये निर्वाचनमा ७९ जना मात्र सहभागी थिए ।
यसअघि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एसको दोस्रो महाधिवेशनको पूर्वगभर्नर जिएस होराले उद्घाटन गरेका थिए । डिस्ट्रिक गभर्नर देवकीनन्दन अग्रवालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पूर्व डिस्ट्रिक गभर्नरहरू रमेश अग्रवाल, अमरबहादुर श्रेष्ठ, शम्भु नकर्मी, रामअवतार खेतानले महाधिवेशन सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा महाधिवेशन तयारी समितिका संयोजक प्रकाश बाहेतीले स्वागत र सचिव वासु तिमिल्सिनाले सहजीकरण गरेको विजय कुशवाहाले बताए ।