नितेश कर्ण, २४ चैत/
नेपाल लोकतान्त्रिक पार्टीको प्रथम मधेस प्रदेश अधिवेशन शनिवार वीरगंजमा सम्पन्न भएको छ ।
नेलोपा मधेस प्रदेशका अध्यक्ष सुरेशप्रसाद गुप्ताको अध्यक्षतामा भएको अधिवेशनको पार्टी अध्यक्ष एवं सांसद गीता क्षेत्रीले उद्घाटन गरेकी थिइन् ।
उनले आफ्नो पार्टी संविधानको रक्षा गर्दै देश विकासको लागि सधैं आवाज उठाउँदै आइरहेको बताइन् । उनले कृषिप्रधान देशमा उखु किसानलाई काठमाडौं पुगेर आन्दोलन गर्नुपरिरहेकामा सरकारको आलोचना गरिन् ।
उनले कृषकहरूको हकअधिकारको लागि सरकार गम्भीर नभएको आरोप लगाइन् । उनले वर्तमान शिक्षा र स्वास्थ्य नीतिमा परिवर्तन गरिएको खण्डमा मात्र देश समृद्धिको बाटोमा अघि बढ्ने बताइन् ।
कार्यक्रममा महासचिव श्रवण चौधरी, उपमहासचिव ज्ञानेन्द्र भीमाकोटी, बृजबहादुर तामाङ, दीपकलाल कायस्थ, ऋतुराज सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शशिभूषण केशरीले गरेका थिए । अधिवेशनमा मधेस प्रदेशका आठवटै जिल्लाका प्रतिनिधिहरूको सहभागिता थियो ।