प्रस, रौतहट, २३ चैत/
रौतहटको ईशनाथ नगरपालिका–९ डुमरिया निवासी शेख इशहाक मियाँको घरमा शुक्रवार बिहान आगलागी भएको छ । खाना पकाउने क्रममा आज बिहान ग्याँस लिक भएर उनको खपडाको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन् ।
आगलागीबाट खाद्यान्न, गहना र कपडा गरी छ लाख ५० हजार मूल्य बराबरको सरसामान जलेर नष्ट भएको प्रवक्ता गिरीले बताइन् ।
स्थानीय र प्रहरी चौकी औरैयाको सहयोगमा गौरबाट गएको वारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको थियो ।