पर्सेली किसानहरू अहिले डिएपी, पोटास र युरिया तीनै थरीका मलको अभाव झेलिरहेका छन् । जतिखेर मलको आवश्यकता आइपर्छ, किसानहरूले सहजरूपमा पाउँदैनन् । धेरै वर्षदेखि यो नियति किसानहरूले भोग्दै आइरहेका छन् । धेरैजसो किसानले गहुँबाली भिœयाइसकेका छन् र चैते धानबाली लगाउन शुरू गरिसकेका छन् । अहिले सिंचाइ सुविधा भएको पर्सा जिल्लाको गण्डक सिंचाइ नहरदेखि उत्तरी जङ्गल क्षेत्रसँग जोडिएको थरुहट क्षेत्रमा गहुँबाली भिœयाएर चैते धानबाली लगाइँदैछ । सिंचाइ सुविधा नभएको गण्डक नहरदेखि दक्षिणतर्फको बजियान क्षेत्रमा भने गहुँ भिœयाउने क्रम जारी छ । यो क्षेत्रमा औसतमा १० प्रतिशत किसानले मात्र चैते धानबाली लगाउँछन् । गण्डक सिंचाइ नहरसँग जोडिएका र बोरिड्ढो व्यवस्था भएका किसानहरूले मात्र चैते धानबाली लगाउने गरेका छन् । यस वर्ष गहुँ उत्पादन बढ्ने किसानहरूले अनुमान गरेका छन् । गहुँको बाला तयार हुने बेला फागु पूर्णिमा अघि परेको वर्षा यहाँको गहुँबालीका लागि वरदान साबित भएको किसानहरू बताउँछन् । गहुँसँगै मकै, सुर्ती बालीलाई पनि फाइदा पुगेको थियो । कृषि ज्ञान केन्द्र, पर्साले पनि गत वर्षको तुलनामा गहुँ उत्पादन वृद्धि हुने अनुमान गरेको छ । पर्सा जिल्लामो थरुहट क्षेत्रमा सिंचाइको पर्याप्त व्यवस्था छ । कुलो, नहर, बोरिङबाट सिंचाइको आवश्यकता पूरा हुने हुँदा थरुहट क्षेत्रमा धानखेती समयमा हुने गरेको छ । चैते धानबाली ९० दिनमा हुर्कने र अगहनी १२० दिनमा हुर्कने गर्छ ।

सुर्ती, मकै, तोरी, दलहन र गहुँबाली सकिए लगत्तै यो क्षेत्रका मानिसहरू चैत धानबालीको तयारीमा जुट्छन् । बीउ तयारी अवस्थामा राखिएकोले अहिले गहुँ कटान गरी चैत धानबालीको लागि माटो सम्याउने, रोपाइँ गर्ने काममा किसानहरू जुटेका छन् भने केही किसान गहुँबाली काटेर भिœयाउँदै पनि छन् । चैत मसान्त र वैशाखको पहिलो सातासम्म चैते धानबाली रोपिसक्ने किसानहरूको तयारी छ । चैते धानबाली गर्ने किसानहरूलाई अहिले रोपाइँको बखत युरिया, पोटास र डिएपी तीनै थरीका मल आवश्यक पर्छ । तर कृषि सामग्री कम्पनी वीरगंजले युरिया मलको मात्र व्यवस्था गर्दा पोटास र डिएपी मलको अभाव किसानहरूले झेल्नुपरेको छ । अहिले पोटास र डिएपी मल किसानहरूले छिमेकी भारतका विभिन्न बजारहरूमा पुगेर आवश्यकता पूरा गरिरहेका छन् । कृषि सामग्री र साल्ट टेड्रिङ कम्पनीले मल आयात गर्ने र सहकारीमार्फत किसानहरूसम्म पु¥याउने जिम्मेवारी बोकेका छन् । तर कुन बेला मल आवश्यक हुन्छ, कति हुन्छ भन्ने कुराको हिसाबकिताब यी कम्पनीले राखेका भएपनि धान, गहुँ बालीको बेला देशभरका किसानहरूलाई मलको आवश्यकता पर्दा दुवै कम्पनीमा मल अभाव हुन्छ ।

किसानहरूले आवश्यकता परेको बेला मल कहिले पनि पाउन सकेका छैनन्, जसले गर्दा धान,गहुँलगायत बालीहरूको औसत उत्पादन बढ्न सकेको छैन । यही कारणले कृषि कर्म गर्नेको सङ्ख्या घट्दो छ । राष्ट्रिय जनगणना २०७८ ले कृषि कर्म गर्नेहरूको सङ्ख्या ६२ प्रतिशत देखाएको छ । जबकि त्यस अघि ८१ प्रतिशत थियो । कृषिलाई प्राथमिकतामा राखेको तीन तहका सरकारहरू दाबी गर्छन् । तर तीनै तहका सरकार मल, सिंचाइ, बीउबिजन, कीटनाशक औषधिहरू किसानलाई समयमा र सहुलियत दरमा उपलब्ध गराउनेतर्फ अझै संवेदनशील हुन सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here