गान्झाओ, चीन, २२ चैत/एएफपी
चीनले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी चीन भ्रमणका क्रममा रहेका अमेरिकी ट्रेजरी प्रमुख जेनेट येलेनले शुक्रवार बताएकी छन् ।
एक वर्षभन्दा कम समयको अन्तरालमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भ्रमणका क्रममा चिनियाँ अधिकारीसँग भेट्ने क्रममा येलेन बिहीवार ग्वाङ्झाओ आइपुगेकी हुन् ।
उनले भनिन्–“चीनको अत्यधिक निर्यात क्षमता र उद्योगमा दिएको ठूलो अनुदानले विश्व बजारमा आर्थिक समस्या ल्याउने, वस्तुहरूको अधिकता सिर्जना गर्ने जोखिम निम्त्याउँछ र यसले अमेरिकी र अन्य देशका फर्महरूलाई कमजोर पार्छ ।”
“चीनको उत्पादन घरेलु मागभन्दा उल्लेखनीयरूपमा बढी छ । विश्व बजारले के सहन सक्छ भन्नेमा जिम्मेवार मुलुकले सोच्नुपर्छ । चीनको प्रत्यक्ष र अप्रत्यक्ष सरकारी सहयोगले हाल अत्यधिक उत्पादन क्षमतातर्फ डो-याइरहेको छ ।”
उनले भनिन्–“क्षमताभन्दा बढी क्षमताका कारण ठूलो परिमाणमा निर्यात हुन सक्छ र यसले आपूर्ति शृङ्खलाको अतिकेन्द्रीकरण गर्न सक्छ, जसले विश्वव्यापी आर्थिक लचिलोपनको लागि जोखिम निम्त्याउन सक्छ ।”
चीनको सुधार र विकासको प्रतीक मानिने ग्वाङ्झाओ र चीनको आर्थिक वृद्धिलाई गति दिएको ग्वाङ्झाओका गभर्नरसँग भेटमा उनले अमेरिका ‘स्वस्थ आर्थिक सम्बन्ध’को लागि प्रतिबद्ध रहेको पनि बताइन् ।
तर यसका लागि ‘अमेरिकी कामदार र फर्महरूका लागि समान खेलमैदान’ को आवश्यकता पर्छ, अर्थात् चीनमा अमेरिकी लगानीलाई प्रोत्साहन गर्न समानताका आधारमा व्यवहार गर्नुपर्ने र असहमत भएका क्षेत्रहरूमा खुला र प्रत्यक्ष सञ्चारको आवश्यकता हुनुपर्छ । येलेनले भनिन्–“यसमा संयुक्त राज्य अमेरिका र अन्य देशलाई चिन्तित बनाएको चीनको औद्योगिक क्षमताको मुद्दा पनि समावेश छ । यसले विश्वव्यापी ‘समस्या’ निम्त्याउन सक्छ ।
बेइजिङले उद्योगका लागि आप्mनो विशाल राज्य समर्थनबारे चिन्तालाई अस्वीकार गरेको छ, गत महीना इभीको लागि यसको सब्सिडीमा इयूको जाँचलाई ‘संरक्षणवाद’ र अन्तर्राष्ट्रिय व्यापारको राजनीतीकरण गर्ने पश्चिमी प्रयासको एक भागको रूपमा निन्दा गरेको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वच्छ ऊर्जामा घरेलु उत्पादनलाई बढावा दिन जोड दिइरहेका बेला निर्यातको बाढीबारे वाशिङ्टनको चिन्ता आएको हो । चीनको अतिरिक्त क्षमताले ती उद्योगहरूको वृद्धिलाई हानि पु¥याउन सक्ने नीति निर्माताहरूले चेतावनी दिएका छन् ।
‘अलब्राइट स्टोनब्रिज ग्रुप’का चीनका लागि साझेदार पल ट्रियोलोले भने– “विशेषगरी निर्वाचन वर्षमा बाइडेन प्रशासन चीन र विद्युतीय सवारीसाधनबारे अमेरिकी अटो उद्योगको चिन्ताप्रति धेरै संवेदनशील देखिएको छ ।”
उनले भने–“सम्भवतः प्रशासनले विद्युतीय सवारीसाधनमा चीनको अत्यधिक क्षमताका कारण भविष्यमा उत्पन्न हुने समस्या रोक्नका लागि पूर्वतयारीका साथ काम गर्न इच्छुक छ भन्ने देखाउन केही कदम चाल्नेछ ।”
अमेरिकी कार उत्पादन कम्पनीमा यसको असर अझै नदेखिएको तर चीन नीतिको ‘नराम्रो असर’ देखिने चेतावनी उनले दिएका छन् । रासस