प्रस, वीरगंज, २१ चैत/
त्रिभुवन माविका प्रधानाध्यापक घनश्याम मिश्रलाई बुधवार बिदाइ एवं सम्मान गरिएको छ । प्रअ मिश्र आजैदेखि अवकाश पाएका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल केडियाको अध्यक्षता एवं वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रअ मिश्रलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित अबिर र टीका लगाइ सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक एवं कर्मचारीहरूले प्रअ मिश्रलाई मायाको चिनो उपहार दिई बिदाइ गरेका थिए । कार्यक्रममा प्रअ मिश्रले अवकाश पाएपछि प्रअको जिम्मेवारी पाएकी कविता फुयाँललाई अबिर र टीका लगाइ बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

कार्यक्रममा वक्ताहरूले प्रअ मिश्रले आफ्नो कार्यकालमा गरेका कार्यहरूको प्रशंसा गरेका थिए । नगरप्रमुख सिंहले प्रअ मिश्रलाई शिक्षाविद्को रूपमा रही महानगरको शिक्षा व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा वीरगंज महानगर शैक्षिक शाखाका प्रमुख अरविन्दलाल कर्ण, वडा नं ६ अध्यक्ष जयप्रकाश शाह अग्रवाल, अवकासप्राप्त प्रअ मिश्र, त्रिजुद्ध माविका प्रअ नवीन मिश्र, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नरेन्द्र शाह, पूर्व वडाध्यक्ष ध्रुुव नेपाल, विद्यालय व्यवस्थापन समितिका सल्लाहकारद्वय बाबुजान अलि र कन्हैया झा, वीरगंज महानगर कार्यपालिका सदस्य कनिका कौशिक, विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्रप्रसाद कानू, शुभनारायण मेहता, सुपुनीता देवी, अभिभावक सङ्घका अध्यक्ष सुनीलकुमार साह, सदस्य निरञ्जन सिंह, सञ्चारकर्मी लालबाबु सिंह, शिक्षकहरू राजीव सिंह, उपेन्द्र साह, बब्बु दाहाललगायत विद्यार्थीहरू एवं स्थानीयहरूको सहभागिता थियो ।

कार्यक्रममा स्वागत निमित्त प्रअ कविता फुयाँल र सहजीकरण शिक्षक रामप्रमोद पाण्डेयले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here