सर्लाहीमा परम्परागत ढक–तराजुको प्रयोग बढी

नितेश कर्ण, वीरगंज, २० चैत/ सर्लाही जिल्लाको ग्रामीण क्षेत्रमा परम्परागत ढक–तराजुकै प्रयोग भइरहेको छ । गुणस्तर तथा नापतौल कार्यालयले प्रविधिको विकाससँगै विद्युतीय नापतौलको व्यवस्था गरे पनि सर्लाहीको ग्रामीण क्षेत्रमा भने यसको प्रयोग हुन सकेको छैन । जसले गर्दा उपभोक्ताहरू ठगीको शिकार भइरहेका छन् । मलङ्गवा उद्योग वाणिज्य सङ्घका सदस्य गणेश गुप्ताले सर्लाहीको ग्रामीण क्षेत्रका साथै […]

प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यबीच कुटाकुट

दिनेशकुमार मिश्र, २० चैत/ धोबिनी गाउँपालिका कार्यालयमा मङ्गलवार प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यबीच मङ्गलवार कुटाकुट भएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह र कार्यपालिका सदस्य दिनेशप्रसाद कलवारबीच आज कार्यालयमैं हात हालाहाल भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत साह कोलेनिका, वीरगंजबाट गापा कार्यालयमा पुगेको थिए र त्यहाँ कार्यपालिका सदस्य कलवारसँग उनको चर्काचर्की […]

मधेसको विकास केन्द्रित अभियान अघि बढ्छ –नेता पोखरेल

प्रस, वीरगंज, २० चैत/ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारको पालामा अघि बढाइएको मधेसको विकास केन्द्रित अभियानलाई फेरि अघि बढाउने बताएका छन् । सोमवारदेखि शुरू एमाले बाराको ११औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पछिल्लो समीकरणमा एमालेबाट मधेस प्रदेशमा तीनजना मन्त्री रहेका कारण अब मधेस प्रदेशको विकास अभियान पहिले सरह गरिने आश्वासन दिए […]

जन्मदर्तासम्बन्धी अभिमुखीकरण

प्रस, वीरगंज २० चैत/ पोखरिया नगरपालिकाको सहयोग र युनिसेफको सहकार्यमा बालविवाह न्यूनीकरण तथा जन्मदर्तासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिका–२, ३, ६, ७, ८ र १० वडामा चैत महीनाको पहिलो सातादेखि सञ्चालन गरेर दोस्रो सातामा अभिमुखीकरण कार्यक्रम समापन गरिएको थियो । १० दिने अभियानमा चालू आवमा छवटा वडामा बालविवाह न्यूनीकरण तथा जन्मदर्तासम्बन्धी अभिमुखीकरण […]

भिस्वामा घरेलुको अनुगमन

प्रस, परवानीपुर, २० चैत/ पर्सा जिल्लाको ग्रामीण बजार भिस्वामा सञ्चालित मसला कुट्ने उद्योग सञ्चालनको विषयमा विवाद सिर्जना भएपछि घरेलु तथा साना उद्योग कार्यालय वीरगंजले अनुगमन गरेको छ । उद्योगको वास्तविक साँधसधियार यकीन गरी छलफलबाट समस्या समाधानको लागि कार्यालयले छिपहरमाई गाउँपालिकाको न्यायिक समितिमा पत्राचार गरेको घरेलु तथा साना उद्योग कार्यालय, वीरगंजका प्रमुख धनञ्जयकुमार सिंहले बताए । […]

भरुवा बन्दुकसहित दुईजना पक्राउ

प्रस, रौतहट, २० चैत/ भरुवा बन्दुकसहित जिल्ला प्रहरी कार्यालय, रौतहटले दुईजना पक्राउ गरेको जनाएको छ । चन्द्रपुर नगरपालिका–१ पौराईबाट मङ्गलवार दिउँसो स्थानीय शेरब सिंहको घरबाट भरुवा बन्दुक बरामद भएको मधेस प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरजङ्ग थापाले बताए । सिंहको घरमा बहिनी ज्वाइँ पर्ने धर्मजीत स्याङ्तान बस्दै आएको र सो घरको भकारीमा लुकाएर राखिएको अवस्थामा भरुवा […]

सापकोटा कल्याण केन्द्रको प्रथम जिल्ला भेला

चिरञ्जीवी सापकोटा, ठोरी, २० चैत/ ठोरी गाउँपालिकामा सापकोटा कल्याण केन्द्र नेपालको पहिलो जिल्ला भेला सम्पन्न भएको छ । सापकोटा बन्धुहरूमध्ये ज्येष्ठ सदस्य वीरगंज महानगरपालिका निवासी ७५ वर्षीय सीताराम सापकोटाको सभापतित्व एवं सापकोटा कल्याण केन्द्र नेपालका केन्द्रीय सभापति डा कविन्द्र सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले जिल्ला कार्यसमिति गठन गरेको छ । भेलाले अमृतकृष्ण सापकोटाको अध्यक्षतामा नौ […]

अवैध रकमसहित दुईजना पक्राउ

प्रस, वीरगंज, २० चैत/ जिल्ला प्रहरी कार्यालय, बाराले स्रोत नखुलेको साढे १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले सूचनाको आधारमा हिजो दिउँसो विश्रामपुर गापा–४ मुसहर्वा सडकखण्डमा भारतबाट नेपालतर्फ आइरहेको प्रदेश २–०३–०१६ प २३३७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा साढे १३ लाख नेपाली रुपैयाँ बरामद भएको र […]

सालको काठ, साइकल बरामद

बलिराम शुक्ला, बिरुवागुठी, २० चैत/ सबैया साझेदारी वन उपभोक्ता समूह अन्तर्गतको वन क्षेत्रबाट सालको काठसहित तीन थान साइकल बरामद भएको छ । सबडिभिजन वन कार्यालय बडनिहार र विन्ध्यवासिनी–कोइलाभार साझेदारी वन समूहको संयुक्त वन गस्ती टोलीले सालको काठ र तीन थान साइकल बरामद गरेको संयुक्त वन गस्ती टोलीका जमदार जीतबहादुर तामाङले बताए । तामाङ नेतृत्वको वन […]