बलिराम शुक्ला, बिरुवागुठी, २० चैत/
सबैया साझेदारी वन उपभोक्ता समूह अन्तर्गतको वन क्षेत्रबाट सालको काठसहित तीन थान साइकल बरामद भएको छ ।

सबडिभिजन वन कार्यालय बडनिहार र विन्ध्यवासिनी–कोइलाभार साझेदारी वन समूहको संयुक्त वन गस्ती टोलीले सालको काठ र तीन थान साइकल बरामद गरेको संयुक्त वन गस्ती टोलीका जमदार जीतबहादुर तामाङले बताए । तामाङ नेतृत्वको वन गस्ती टोलीलाई देखेर तस्करहरू सालको काठ लोड तीन थान साइकल छाडी फरार भएका थिए ।

बरामद भएको काठ र साइकल आवश्यक कारबाहीको लागि सबडिभिजन वन कार्यालय बडनिहारमा राखिएको विन्ध्यवासिनी–कोइलाभार साझेदारी वन समूहका वनरक्षक लक्ष्मण श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here