चिरञ्जीवी सापकोटा, ठोरी, २० चैत/
ठोरी गाउँपालिकामा सापकोटा कल्याण केन्द्र नेपालको पहिलो जिल्ला भेला सम्पन्न भएको छ । सापकोटा बन्धुहरूमध्ये ज्येष्ठ सदस्य वीरगंज महानगरपालिका निवासी ७५ वर्षीय सीताराम सापकोटाको सभापतित्व एवं सापकोटा कल्याण केन्द्र नेपालका केन्द्रीय सभापति डा कविन्द्र सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले जिल्ला कार्यसमिति गठन गरेको छ । भेलाले अमृतकृष्ण सापकोटाको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । अध्यक्ष सापकोटा ठोरी गापाका वडाध्यक्ष पनि हुन् । यसैगरी, उपसभापति घनश्याम सापकोटा, सचिव शिरोमणि सापकोटा, सहसचिव बलराम सापकोटा, कोषाध्यक्ष पूर्णबहादुर सापकोटा चयन भएका छन् ।

सदस्यहरूमा रविना सापकोटा, रणबहादुर सापकोटा, सुमित्रा सापकोटा र दीक्षा सापकोटा छन् । त्यस्तै, भेलाले चिरञ्जीवी सापकोटालाई प्रदेश प्रतिनिधि चयन गरेको छ भने सोमनाथ सापकोटा र सीताराम सापकोटालाई सल्लाहकार चयन गरिएको अध्यक्ष सापकोटाले बताए । कार्यक्रममा सापकोटा बन्धुहरूको तयार पारिएको वंशावली नवगठित समितिलाई हस्तान्तरण गरिएको थियो । देशभरि झन्डै १४ लाख सापकोटा बन्धुहरू रहेको वंशावली हस्तान्तरण गर्दै केन्द्रीय सभापति कविन्द्र सापकोटाले दोस्रो संस्करण निकाल्ने तयारी भइरहेको त्यो संस्करणमा छोरीलाई समेत समेटिने बताए ।

कार्यक्रममा पूर्वसभापति राजेन्द्र सापकोटा सहभागी थिए । कार्यक्रममा दीपेन्द्र सापकोटाले स्वागत र केन्द्रीय सचिव विष्णु सापकोटाले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here