प्रस, वीरगंज, २० चैत/
जिल्ला प्रहरी कार्यालय, बाराले स्रोत नखुलेको साढे १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ ।

जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले सूचनाको आधारमा हिजो दिउँसो विश्रामपुर गापा–४ मुसहर्वा सडकखण्डमा भारतबाट नेपालतर्फ आइरहेको प्रदेश २–०३–०१६ प २३३७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा साढे १३ लाख नेपाली रुपैयाँ बरामद भएको र स्रोत खुलाउन नसक्दा मोटरसाइकल चालक पोखरिया नगरपालिका–१ वनकटवाका ३४ वर्षीय हरिकिशोर पटेल र पछाडि बस्ने बारा महागढीमाई नपा–१ बस्ने ४२ वर्षीय रमेश कुशवाहालाई पक्राउ गरिएको बताए ।

उनले स्रोत नखुलेको सो रकम हुन्डीको कारोबारमा प्रयोग हुने आशङ्का गरिएको र सोबारे थप अनुसन्धान भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here