प्रस, रौतहट, १७ चैत/
एमालेका केन्द्रीय सदस्य एवं गौर नगरपालिकाका पूर्वप्रमुख अजयकुमार गुप्ताले वर्तमान नगरप्रमुखले बरहथवा तालको झोलुङ्गे पुल आफ्नो पालामा ठेकेदारले कालोसूचीमा राखेको भन्ने आरोप मिथ्या भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल रौतहट शाखाद्वारा शनिवार आयोजित सञ्चारकर्मीहरूको स्वागत तथा सम्मान कार्यक्रममा गुप्ताले बरहथवा तालको झोलुङ्गे पुललाई ठेकेदारले कालोसूचीमा राखेको भनेर वर्तमान नगरप्रमुख शम्भु साहको आरोपमा सत्यता नभएको दाबी गरे ।

उनले आफ्नो कार्यकालको अन्तिम समयमा बरहथवा ताल र बालेश्वर महादेव मन्दिरअगाडिको झोलुङ्गे पुल निर्माणका लागि २०७८ फागुनमा उपभोक्ता समितिमार्फत काम गरिएको र समितिको नाममा ठेकेदारले काम गरेको देखिएको बताए ।

उनले त्यसको दुई महीनापछि चुनाव भएको र आफू पराजित भएर साह निर्वाचित भएको अवस्थामा ठेकेदार भनाउँदोले बरहथवा तालको ङोङ्लु पुल नबनाएको तर बालेश्वर महादेव मन्दिर अगाडिको झोंलुे पुलसाहकै पालामा निर्माण सम्पन्न भएकोले कालोसूची राखिएको कुरामा सत्यता नभएको बताए । कालोसूचीमा राखिएको भए बालेश्वर महादेव मन्दिरको पुल पनि निर्माण नहुनुपर्ने हो भनि उनले प्रश्न गरे । उनले वर्तमान नगरप्रमुख साहले चुनावमा गरेका प्रतिबद्धताहरू पूरा गर्न नसकेकोले आफूले आरोप लगाए ।

प्रेस चौतारीका जिल्ला अध्यक्ष आदर्श उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका जिल्ला सचिव बाबूराम दाहाल, उपाध्यक्ष रूपेश पटेल, मधेस प्रदेश सदस्य बाबूविक्रम कार्की, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश सदस्य शैलेन्द्र झा, प्रेस चौतारीका केन्द्रीय सदस्यद्वय रमेश तिमल्सिना, सञ्जय मिश्र, चौतारीका मधेस प्रदेश महासचिव गौतम श्रेष्ठलगायतले शुभकामना मन्तव्य गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here