सुन्दरहरैंचा (मोरङ), १५ चैत/रासस
मोरड्ढो विराटनगरस्थित शहीद रङ्गशालामा बिहीवारदेखि आठौं संस्करणको रात्रिकालीन विराट गोल्डकप शुरू भएको छ ।

प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको आयोजक विराट गोल्डकप फूटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए । उनले उद्घाटन खेलमा आमन्त्रित टोली भुटानको आरटिसी फूटबल क्लब थिम्पु तथा विभागीय टोली नेपाल पुलिसबीच भिडन्त तय भएको जानकारी दिए ।

प्रतियोगिताका लागि आयोजकका तर्पmबाट साङ्ग्रिला मोरङ फूटबल एशोसिएशनसहित नेपाल, भारत र भुटानका १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा भारतका दुर्ई आमन्त्रित क्लब साउथर्न समिति फूटबल सङ्घ कोलकाता र सिक्किम ड्रागन फूटबल क्लब खेल्दैछन् ।

पुलिससहित सशस्त्र प्रहरी र त्रिभुवन आर्मी पनि मैदानमा भेट हुनेछन् । त्यसबाहेक ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फूटबल क्लब, एनआरटी क्लब र चर्च ब्वाइज फूटबल क्लबबीचको प्रतिस्पर्धाले दर्शकलाई पूर्णरूपमा मनोरञ्जन दिने अध्यक्ष शाहीले बताए ।

प्रतियोगिताको विजेताले रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले रु २१ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट शुरू गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको हो । गत वर्षको उपाधि विराटनगर फूटबल क्लबले जितेको थियो । विराटनगरले भारतको केरेलाको लुका सकर क्लबलाई फाइनल खेलमा पराजित गरेको थियो ।

प्रतियोगिताका लागि कोशी प्रदेश सरकारले रु २५ लाख दिने प्रतिबद्धता जनाएको बताइएको छ । त्यस्तै, विराटनगर महानगरपालिकाबाट रु १२ लाख र राष्ट्रिय खेलकूद परिषद्बाट रु पाँच लाख प्राप्त हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न रु एक करोड १८ लाख ४३ हजार दुर्ई सय अनुमानित खर्च लाग्ने जनाइएको छ । टिकटबाट न्यूनतम रु ५० लाख उठ्ने ट्रस्टको दाबी छ । आजबाट शुरू हुने रात्रिकालीन विराट गोल्डकप यही चैत २४ गते समापन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here