बलिराम शुक्ला, बिरुवागुठी, ८ चैत/
पर्साको राष्ट्रिय वनबाट सालको रूखको चोरी तस्करीमा वृद्धि भएको छ । पछिल्लो समय महिला तथा पुरुष काठ तस्करहरू वनमा प्रवेश गरी सालको रूख कटान गरी गोलिया बनाइ नजीकैको फर्निचर उद्योगमा पु¥याउने गरेका छन् ।

पर्साको उत्तरी भेगमा वन संरक्षण गर्नको लागि हाल दुईवटा साझेदारी उपभोक्ता समिति र आधा दर्जन वन कार्यालय हुँदासमेत वनविनाश रोकिएको छैन । राष्ट्रिय वन जोगाउनका लागि सबैया साझेदारी वन उपभोक्ता समिति, विन्ध्यवासिनी कोइलाभार साझेदारी वन उपभोक्ता समिति र वन कार्यालय भएपनि वनविनाश रोकिनुको साटो झन् बढेको स्थानीय बताउँछन् ।

महिला र पुरुषहरू समूह बनाएर वनमा प्रवेश गर्ने गरेका छन् । राति सोलखपुर, मिलनचोक, सबैया, पटेलचोक, पकडिया, बडनिहार, कटहरिया, औरैया, छतवनटाँडी, गुलेरिया, मनवा, सखुनिया, कोइलाभारलगायतका नाकाबाट पुरुष तस्करहरूले सालको गोलिया रातको समयमा साइकल तथा मोटरसाइकलमा ढुवानी गर्ने गरेका छन् भने र महिलाहरूले साइकल तथा बोरामा राखेर टाउकोमा बोकी ग्रामीण भेगमा रहेका फर्निचर उद्योग तथा समिलहरूमा सालको काठ आठदेखि १२ हजारमा र सालको कचडा तीनदेखि पाँच हजार रुपैयाँमा बेच्ने गरेका छन् ।

पर्साको ग्रामीण भेगमा दर्जनौं समिल तथा फर्निचर उद्योगहरू अवैधरूपमा सञ्चालनमा छन् । डिभिजन वन कार्यालय, पर्सा मातहतका सबडिभिजन वन कार्यालयहरू वनक्षेत्रभित्र रहे तापनि काठ चोरी तस्करी र अवैध समिल तथा फर्निचर उद्योगलाई बन्द गर्न सकेका छैनन् ।

पर्साको राष्ट्रिय वन सिमानामा सबैया साझेदारी वन, विन्ध्यवासिनी कोइलाभार साझेदारी वन, सबडिभिजन वन कार्यालय सोलखपुर, सबैया, बडनिहार, सखुनिया र छतवनटाँडी रेन्ज पोस्ट वनजङ्गल सुरक्षाको लागि रहे तापनि काठ तस्करी नियन्त्रणमा भने कमी आएको छैन ।

विन्ध्यवासिनी कोइलाभार साझेदारी वन उपभोक्ता समिति बडनिहारका अध्यक्ष रिजवानुल अन्सारीका अनुसार आफू निर्वाचित भएको तीन महीना भएको र साझेदारीले वन हेरालु र कर्मचारीका दुर्ईवटा टोली बनाएर वन संरक्षणमा लगाएपछि तस्करीमा कमी आएको बताए ।

सबडिभिजन वन कार्यालय बडनिहारका वन अधिकृत उज्ज्वल यादवले विन्ध्यवासिनी कोइलाभार साझेदारी चार हजार ६०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । उनले यहाँ चोर नाकाहरू धेरै भएका र जनशक्ति कम भएकोले वन संरक्षणमा समस्या आएपछि साझेदारी र वन कर्मचारीबाट गस्ती बढाइएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here