नितेश कर्ण, वीरगंज, ८ चैत/
सर्लाही जिल्ला कौडेना गाउँपालिका–७ सक्रौलस्थित रामजानकी मठमा रहेको मन्दिरबाट भगवान्को मुकुट चोरी गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

यही चैत ५ गते राति साढे ७ बजे भगवान्को मूर्ति चोरी भएको र सो कसूरमा सोही स्थान बस्ने ३० वर्षीय जिलाजीत सहनीलाई भोलिपल्ट पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ । पक्राउ परेका सहनीलाई अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिप्रका, सर्लाहीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here