बेइजिङ, १ चैत/सिन्ह्वा
चीनको तथ्याङ्कीय अधिकारीहरूले अनुगमन गरेका अधिकांश पूँजीगत वस्तुमा फेबु्रअरीको अन्त्यको तुलनामा मार्चको शुरूमा उच्च मूल्य देखिएको सरकारी तथ्याङ्कले बिहीवार देखाएको छ ।

स्टील ट्युब, पेट्रोल, कोइला, मल र केही रसायनसहित नौ श्रेणीमा वर्गीकरण गरिएका ५० प्रमुख वस्तुमध्ये २७ वस्तुमा यस अवधिमा उच्च मूल्य देखिएको, २१ वस्तुको मूल्य घटेको र दुई उत्पादनको मूल्य यथावत् रहेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ ।

यस अवधिमा सुङ्गुरको मासुको मूल्य ४.४ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । हरेक १० दिनको अन्तरालमा सार्वजनिक हुने यो तथ्याङ्क देशभरका ३१ वटा प्रान्तीयस्तरका क्षेत्रका करीब दुई हजार थोक विक्रेता तथा वितरकको सर्वेक्षणमा आधारित छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here