• डा शिवशङ्कर यादव

पाठकवृन्द यसमा आज दुई विधिको वर्णन गरिने छ । यस विषयमा दुई शब्द भूमिका जरूरी छ । पहिले यो जानकारी दिन जरूरी छ कि यी विधिहरूको प्रयोग मनोवैज्ञानिक औषधि बन्नुभन्दा पहिले गरिन्थ्यो । जब असरदार औषधिहरूको आविष्कार भयो र यी विधि बन्द भए ।

यी विधिहरूमा कपुरद्वारा (कन्भल्शन) झटका, इन्सुलिनद्वारा कोमा गराइन्थ्यो, बिजुलीको झटका, बढी सुताउने र मेगाभिटामिन प्रयोग गरिन्थ्यो । बेहोशीबाट ब्युँझेपछि वा कृत्रिम झटका उत्पन्न गराएर वास्तविक कन्भल्शन ठीक पारिन्थ्यो । तर बितेको ७० वर्षको दौरान धेरै सटीक केमिकल औषधि निर्माण भएपछि आज ती विधि विस्थापित भए । तर इसिटी र साइकोसर्जरी अझै प्रयोग हुन्छ ।

इसिटी: १९३४ मा भान मेड्युनाले तेलमा मिसाएर कपुरलाई मांसपेशीमा इन्जेक्ट गरेर कन्भल्शन पैदा गरे । पछि उनले मेट्रोजोल प्रयोग गरे । तर १९३८ मा सर्लेटी र विनीले त्यो कन्भल्शन बिजुलीको झटकाले पैदा गरे जसको नाम उनीहरूले इएसटी अर्थात् इलेक्ट्रोसाक थेरापी नाम राखे । त्यसैलाई पछि इसिटी भनियो । १९७०मा अमेरिकामा यसको व्यापक विरोध भयो । त्यसपछि इसिटीलाई अझ परिवर्तित र परिष्कृत गरियो । १९७४ मा त्यसको लागि एउटा टास्कफोर्स नै बनाइयो जसले आफ्नो रिपोर्टमा यो भन्यो कि इसिटी यदि प्रशिक्षित र समर्पित विशेषज्ञबाट दिइन्छ भने सुरक्षित र असरदार विधि हो । १९९० मा त्यही टास्कफोर्सले इसिटीको प्रशिक्षण र उपयोगको लागि एउटा मापदण्ड बनायो र गाइडलाइन दियो । त्यस अनुसार इसिटी–१. मेजर डिप्रेशन २. कडा खाले कटाटोनिया जसमा हातखुट्टाको विकृत गतिको साथ विकृत व्यवहार ३. कडा खाले साइकोसिस भएमा दिन सकिन्छ ।

मेजर डिप्रेशन: आत्महत्याको खतरा रहेमा, बेहोशीमा, खाना र पानी नखाने डिप्रेशनको बिरामी, मेलन्कोलिया, साइकोटिक लक्षणसँगै भएको, अन्य औषधिले काम नगर्दा, जहाँ औषधि वर्जित हुन्छ, औषधिको कडा साइडइफेक्ट भएमा, छिटो निको हुनका लागि आदि ।

कडा केटाटोनिया: जब केटेटोनिया बेहोशीका साथ हुन्छ, रोगीले खानापीना छोड्छ, औषधिले राम्रो काम गर्दैन वा वर्जित गरिन्छ, औषधिको कडा साइड इफेक्ट भएमा वा छिटो प्रभाव चाहिएमा ।

कडा साइकोसिस: आत्महत्या, हत्या वा अर्को खतरनाक स्थिति देखिएमा, औषधिले काम गर्न नसकेमा, औषधि वर्जित भएमा वा कडा साइड इफेक्ट भएमा र सिजोएफेक्टिभ डिजार्डरमा ।

मैनिया र सिजोफ्रेनियामा इसिटी पहिलो छनोट होइन, केवल उपरोक्त अवस्थामा मात्र दिइन्छ । साथै इसिटीको परिणाम कस्तो प्राप्त हुन्छ र रोगीको छनोट इसिटी प्रति कस्तो छ त्यसलाई पनि हेरिन्छ । १९९० मा अमेरिकन टास्कफोर्सले इसिटीलाई केही अर्गेनिक डिजर्डरमा पनि आवश्यकतानुसार प्रयोग गर्न सकिन्छ भन्ने मान्यता दियो ।

१.अर्गेनिक मेन्टल डिजार्डर: अर्गेनिक मूड सिंड्रेम, अर्गेनिक हालिसिनोसिस, अर्गेनिक डेल्युजनल डिजार्डर र डेलिरियम आदि ।

२. अर्गेनिक मेडिकल डिजार्डर: अर्गेनिक कटाटोनिया, हाइपोपिट्युटरिज्म, इन्टरेक्टेवल सिजर डिजार्डर (ड्रग रेसिस्टेंट छारे रोग, न्युरोलेप्टिक मेलिग्नेंट सिंड्रेम जुन साइकोटिक ड्रगले उत्पन्न हुन्छ जसको समयमा उपचार गरिएन भने मृत्यु निश्चित हुन्छ, र पार्किन्सन आदि ।

इसिटी वर्जित गरिएको क्षेत्र– बढेको इन्ट्राक्रेनियल दबाब, भर्खरै भएको मायोकार्डियल इन्फार्कशन, कडा खाले हाइपरटेन्सन, सिरेब्रोभास्कुलर एक्सिडेन्ट , फोक्सोको कडा रोग, रेटिनल डिटेचमैंट जसमा रेटिना अलग भएर आँखामा रगतको सप्लाइ हुन सक्दैन र मान्छे अन्धो हुन्छ । फियोक्रोमोसाइटो, मिर्गौलामा बसेको एड्रीनल ग्लैंडको ट्युमर, जसले गर्दा इपिनेफ्रिन, नरइपिनेफ्रिन आदिको स्राव बढी भएर गडबड हुन्छ आदि ।

इसिटी एप्लाइ गर्दा सबै कुरा कुनै सर्जिकल विधिजस्तै हुन्छ अर्थात रोगीको पूर्व तयारी र फेरि इसिटी एप्लिकेशन ।

प्रविधि: इसिटीको लागि दुईटा विधि प्रयोग गरिन्छ: डाइरेक्ट र मोडिफायड अर्थात् सीधा र परिवर्तित विधि । डाइरेक्टमा मांसपेशी शिथिल पार्ने कुनै औषधि नदिएर सोझै इसिटी प्रयोग गरिन्छ । बाँकी सबै विधि परिवर्तन गरिए अनुसार नै हुन्छ । परिवर्तित विधिमा मांसपेशीलाई शिथिल पारेपछि रोगीलाई बेहोश पारेर इसिटी प्रयोग गरिन्छ । जस्तै मेजर सर्जरी गर्दा रोगीलाई रातभरि उपवास राखिन्छ त्यस्तै यहाँ पनि गरिन्छ र बिहान इसिटी दिइन्छ । यदि दिनमा इसिटी दिनुछ भने चार घण्टा पूर्व खाना त के औषधि पनि दिनुहुँदैन । यसको अतिरिक्त इसिटी लगाउनुभन्दा पहिले मुत्राशयलाई केथेटरले पूरै खाली गरिन्छ । कुनै पनि दाँत हल्लिएको हुनुहुँदैन ।

रोगीले कसिएको लुगा लगाउनु हुँदैन । रोगीलाई कडा बिस्तरमा सुताएर सलाइन दिइन्छ । आधा घण्टा पहिले मांसपेशीमा एट्रोपिनको सुई दिइन्छ जसले गर्दा रोगीको मुखमा -याल नभरियोस् । इसिटीमा धेरै कम भोल्टको बिजुलीको करेन्ट मष्तिष्कमा प्रवाहित गराइन्छ जसले ब्रेनमा परिवर्तन गरी रोगीलाई ठीक पार्छ । कम भोल्टेजको करेन्टले कृत्रिम कन्भल्सन पैदा गरी ब्रेनको काम सञ्चालन गरिदिन्छ र रोगी होशमा आएपछि रोगमुक्ति तिर अग्रसर हुन्छ । यस विधिको राम्रो परिणामको लागि रोगीमा हुने कन्भल्शन २५ देखि ३० सेकेन्ड सम्म रहनुपर्छ जसको परीक्षण डाइरेक्टमा हेरेर तथा इनडायरेक्टमा इइजी रेकर्ड गरेर गरिन्छ ।

उचित सिजरको परिणामका लागि ९० देखि १५० भोल्टको करेन्टले कम्तिमा ०.१ देखि १.० सेकेन्डको समय लिन्छ र पूरै सेसनमा प्रवाहित हुने करेन्ट २०० देखि १६०० मिलिएम्पियर हुन्छ । प्रक्रियाको अन्तमा रोगीको मुख र ¥याल सक्सन गरी सफा पारी कोल्टे सुताइन्छ । आक्सिजन तबसम्म दिइराख्नुपर्छ, जबसम्म रोगी होशमा आउँदैन । त्यसपछि रोगीलाई बेडमा सारेर एक घण्टा आराम गर्न दिनुपर्छ । इसिटीको प्रभाव प्रायः इसिटीको अवधिसम्म मात्र बढता रहन्छ र लामो समयसम्म रोगीले यसको लाभ पाउँदैन । अतः इसिटी पछि औषधि पनि दिनु आवश्यक हुन्छ ।

मेकानिज्म अफ एक्सन अर्थात इसिटीले कसरी काम गर्छ ?
इसिटीले कसरी काम गर्छ भन्ने स्पष्ट छैन । तर परिकल्पना यो छ कि यसले केटेकोलामाइनको बाटोमा असर पार्छ, जुन डाइएन्सिफैलोन, जुन सिरेब्रम र मिडब्रेनको बीच अवस्थित नर्भ टिस्सु हो, र जसमा थैलेमस र हाइपोथैलेमस हुन्छ, बाट शुरू भएर लिम्बिक सिस्टम र हाइपोथैलमस तथा हिप्पोकैम्पससम्म पनि जान्छ । डायन्सिफैलोनमा सिजरको उत्पत्ति हुन्छ र चारैतिर फैलिन्छ । अतः इसिटीले स्वयं डायन्सिफैलोनमा सिजर पैदा गरिदिन्छ जसले सिजरको थ्रेसहोल्ड बढाइदिन्छ । अर्थात् रोगीमा पहिले जुन मात्राको करेन्टले सिजर पैदा हुन्थ्यो त्यतिले अब छुँदैन । यसरी रोगी सिजरमुक्त भयो भन्ने देखिन्छ । रोगीमा सिजर उत्पन्न करेन्ट त यथावत् आइ नै रहन्छ तर त्यतिले मात्र कन्भल्शन पैदा हुँदैन । मोटामोटी इसिटीले यसै परिकल्पना अनुसार काम गर्छ तर यसले वी १ रिसेप्टरमा पनि काम गर्छ भनिन्छ । वी १ रिसेप्टर हृदयमा अवस्थित हुन्छ जसलाई उत्तेजित पारियो भने हृदयको काम गर्ने शक्ति बढछ ।

साइड इफेक्ट अफ इसिटी: इसिटीको उपचारले केही साइड इफेक्ट हुन्छ तर त्यो समयका साथ आफैं ठीक हुँदै जान्छ । तर पनि अन्य सर्जरीमा जस्तै बेहोशीमा रोगीको मृत्युसमेत भएको सुनिन आएको छ । त्यस्तै एक लाखमा एउटा मृत्यु यहाँ पनि देखिएको छ । मेरा दाइको कार्डिएक सर्जरी भएपछि बेहोशी अवस्थापछि होशमा आउनै सकेनन् । वीरगंजको मशहुर चिकित्सक डा.वी.के. प्रसादको घुँडाको रिप्लेसमेन्ट गर्दा पनि त्यस्तै भयो । यो त्यस्तै हो, जसरी सवारी दुर्घटनामा चालकको मृत्यु भए पनि सवारी चलिरहन्छ । सर्जरी र इसिटीले पनि लाखौंको ज्यान बचाइरहेको छ ।

सामान्य साइड इफेक्टमा आउँछ:
स्मरणशक्ति कम हुनु, जुन उपचारपछि एकदेखि छ महीनामा पूर्णतः ठीक हुन्छ । अर्को हो ः कन्फ्युजन वा भ्रम जुन आफैं हराउँछ, उपचारको आवश्यकता पर्दैन । त्यस्तै कहिलेकाही रोगीमा उत्तेजना पैदा हुन्छ जुन डाइजिपाम दिएपछि ठीक हुन्छ । अर्को साईड इफेक्ट– हेडेक, मांसपेशी दुख्ने र कार्डिएक डिस्फंक्सन । इसिटीले ब्रेनमा कुनै नोक्सान गर्दैन । अब आउनुस् साईकोसर्जरीको वर्णनतिर ।

साइकोसर्जरी (मनोशल्यचिकित्सा) यसको मतलब हुन्छ ब्रेनको एउटा भागबाट अर्को भागसम्म जाने नर्भ फाइबरलाई काटिदिने, अलग गरिदिने वा आवश्यक परे खत्म नै गरिदिने जुन केवल मानसिक गडबडीको रोगीमा मात्र गरिन्छ जसको परिणामस्वरूप रोगीको व्यवहार, विचार र मूडमा सकारात्मक परिवर्तन हुन्छ । ट्रिफेनिक भनेको टाउकोमा प्वाल पार्ने काम मानसिक विमारीमा पुरातनकालमा पनि हुन्थ्यो तर १९३६ मा इगास मोनिज र अलमेन्डा लिमाले मानसिक रोगीको ब्रेनमा सर्जरी गर्न सक्ने कुरा प्रकाशमा ल्याए जसको नाम उनले ल्युकोटोमी (नर्भ फाइबरलाई काट्ने, अलग गर्ने ) राखे तथा सोबापत उनले नोबेल पुरस्कार पनि पाए । त्यस पछि फ्रीमैन र वाट्स नामक वैज्ञानिकले प्रिफ्रोन्टल ल्युकोटोमी गरेर देखाए । भारतमा १९४४ मा मात्र गोविन्द स्वामी र रावले सफल ल्युकोटोमी गर्न भ्याए । १९५० मा यस विधिको मानिसले व्यापक विरोध र फजीहत गरे । त्यसपछि यो बन्द त भयो तर पछि यसमा धेरै पारङ्गत र मसिनो विधिले सुधार भयो र फेरि हुन थाल्यो ।

शारीरिक बनोटको आधार:
भनिन्छ कि लिम्बिक सिस्टममा एउटा एपेज नामक सर्किट हुन्छ जसबाट धेरै नर्भ फाइबर निस्केर ब्रेनको विभिन्न भाग हुँदै फ्रोन्टल र टेम्पोरल लोबको साथै मिडब्रेनसम्म जान्छ जुन मानिसको भावनाको लागि जिम्मेदार हुन्छ । साइको सर्जरीमा यसै लिम्बिक सिस्टममा केही फाइबरलाई छुट्याइदिए वा सावधानीपूर्वक केही फाइबर काटिदिए मान्छेको उग्र व्यवहार साम्य भएर जान्छ । एपेज सर्किटलाई निम्न मानचित्रले व्यक्त गर्न सकिन्छ:

इडिकेशन वा कहाँ गरिन्छ:
यसका लागि असीमित निर्देशन भए ता पनि निम्नलिखित मुख्य छन्: क्रोनिक र कडा खाले डिप्रेशन जसलाई कुनै औषधिले सुन्दैन, क्रोनिक र कडाखाले अब्सेसिभ डिजार्डर जुन अर्को कुनै उपायले काबूमा आउँदैन, क्रोनिक र कडाखाले चिन्तारोग जसलाई औषधिले छुँदैन, कडा डिप्रेशनका साथै भयको सिजोफ्रेनिया, काबूमा नआउने आक्रामकता । भनिन्छ यस उपचारले अन्यको अपेक्षा आक्रामकता, तनाव र चिन्ता धेरै कम गरिदिन्छ र पर्सनालिटी डिजार्डरमा राम्रो परिणाम दिन्छ । तर पनि भारतमा यसको प्रयोग कमै गरिन्छ ।

टेक्निक वा तकनीक:
आजकाल सारा काम स्टिेरियो विधिबाट गरिन्छ जसले प्वाल सानो र साइड इफेक्ट कम होस् । तकनीक प्रयोग गरिने विधि निम्नलिखित हुन्: बाइमेडियल ल्युकोटोमी, अर्बिटल अन्डरकटिंग, रोस्ट्रल ल्युकोटोमी, प्रिफ्रोन्टल ल्युकोटोमी, एन्टेरियर पोस्टेरियर सिंगुलेट मियोटोमी, स्टिेरियोटैक्टोमी आदि । यी सबै विधिमा इलेक्ट्रो कगुलेशन, फ्रिजिंग, थर्मो कगुलेशन वा लेजर प्रयोग गरिन्छ ।

साइडइफेक्ट: स्टिरियोटेक्निकमा धेरै कम साइड इफेक्ट हुन्छ जसमा एक प्रतिशतमा सिजर देखिन सक्छ । एक लाखमा एउटाको मृत्यु हुन सक्छ ।

साइकोसर्जरीको आविष्कार असरदार औषधिहरूको आविष्कारभन्दा धेरै पहिले भयो । शुरूमा त साइकोसर्जरी नै एक मात्र उपाय थियो । तर आज धेरै असरदार औषधिहरूको आविष्कारले साइकोसर्जरी प्रायः प्रयोग गरिंदैन । अमानवीय भनेर जब रूस यसविरुद्ध उœयो तब यसको प्रयोग रोकियो । तर पछि यसको मिहिन विधिको आविष्कार र सुधार भयो । तबदेखि यसको प्रयोग फेरि हुन थाल्यो र सेलेक्टेड डिजार्डरमा आज पनि यसको प्रयोग गरिन्छ । अस्तु १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here