प्रस, वीरगंज, १८ फागुन/
वीरगंज कलेजको आयोजनामा शुक्रवारदेखि विपी उद्यान वीरगंजको पूmटपाथमा खाना तथा सांस्कृतिक मेला शुरू भएको छ ।

दुई दिनसम्म चल्ने खाना तथा सांस्कृतिक मेलामा पर्सा, बाराका लोक संस्कृति, परम्परागत खानाको स्टलहरू राखिएको छ । मेलाको उद्घाटन प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले गरेका थिए । कलेजका अध्यक्ष डा दीपेन्द्र चौधरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मीणा, क्याम्पस प्रमुख विनोद गुप्ता, सुरेश चौधरीलगायतको सहभागिता थियो । विद्यार्थीहरूबाट सञ्चालित यो मेलामा हुने आम्दानी विद्यार्थीहरूकै हुने सो कलेजले जनाएको छ ।

यस अघि गत वर्ष कलेजले यसै प्रकारको दुई दिने खाना तथा सांस्कृतिक मेला आयोजना गरेको थियो । विद्यार्थीहरूमा सिक्दै–कमाउँदैको अवधारणा र उद्यमशीलता विकासको लागि कलेजले विभिन्न संस्थाहरूसँग सहकार्य गरेर मेला आयोजना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here