• डा बैद्यनाथ यादव

पाठकवृन्द आज मूडस्टेबलाइजरको बFँकी औषधि भाल्प्रोएट र कार्बामाजिपिनको वर्णनको साथै साइकोट्रोपिकको अर्को वर्गीकरण एन्टिएंंग्जाइटी ड्रगहरूको वर्णन गरेर यो अध्याय सकिने छ ।

भाल्प्रोएट : यो नयाँ औषधि हो, जसको उपयोग पहिलोपटक मैनियाको उपचार र बाइपोलर रोकथामको लागि गरिन्छ । मेंडलरले एन्टिइपिलेप्टिकको रूपमा पहिचान र प्रयोग गरे तथा लेम्बर्टले १९६६ मा भाल्प्रोमाइड एन्टिमैनिक पनि हो भन्ने रिपोर्ट गरे । यसको सबै रूपलाई प्रायः भाल्प्रोएट भनिन्छ जुन हामीकहाँ निम्नलिखित रूपमा पाइन्छ : सोडियम भाल्प्रोएट, डाइभाल्प्रोएक्स (एन्टेरिक कोटेड, स्टेबल, कोर्डिनेशन टैबलेट कम्पाउन्ड कम्पोज्ड अFफ सोडियम भाल्प्रोएट र भाल्प्रोइक एसीड इन १ः१ मोलर रिलेशनसीप), क्रोनो प्रिपेरेशन (एन्टेरिक कोटेड कम्पाउन्ड कम्पोज्ड अफ सोडियम भाल्प्रोएट र भाल्प्रोइक एसिड इन ३ः२ रेसियो ।

मान्छेको वजन अनुसार मैनियामा यसको खुराक २० देखि ३० मिलीग्राम प्रतिकिलो हो । असरको लागि रगतमा यसको स्तर ५० देखि १५० माइक्रोग्राम प्रतिमिली हुनुपर्छ । भाल्प्रोएट निम्नलिखित रोगमा दिइन्छ : १. बाइपोलर डिजार्डर २. न्युरोलाजिकल डिजार्डर ३. अन्य डिजार्डर ।

१. एक्युट मैनिया– ड्रग एब्युज र अन्य साइकियाट्रिक डिजार्डरको प्राथमिक उपचारमा, वयवृद्धिमा हुने सानो कालको बिमारी । लिथियमको प्रभाव घटेमा डिस्फोरिक मैनिया अर्थात् मैनिया र डिप्रशन दुवै सँगै भएको, मिश्रित एफेक्टिभ इपिसोड र रेपिड साइक्लिङ डिजार्डर– एक वर्षभित्र मैनियाको दौरा चारपटक हुने । यसबाहेक रोकथामको लागि भाल्प्रोएट मैनियामा प्रयोग हुन्छ । पछि व्यवस्थापनमा अप्ठ्याराो पर्दा लिथियम पनि दिनुपर्छ । यसबाहेक डिस्फोरिक मेनिया लिथियम रेसिस्टेन्ट हुन्छ । त्यहाँ भाल्प्रोएटले राम्रो काम गर्छ र रैपिड साइक्लिङ मेनियामा पनि असरदार हुन्छ ।

२. न्युरोलोजिकल डिजार्डर : माइग्रेन र पेन सिंड्रोम, जहाँ भाल्प्रोएट रोगथामको लागि प्रयोग गरिन्छ र त्यसको एक्युट स्टेज कम गर्नको लागि यसैलाई नसाबाट दिइन्छ । त्यस्तै ट्राइजेमिनल न्युराल्जिया, जुन अनुहारमा हुने दुःखाइ हो जुन एक्कासि आउँछ र केही सेकेन्डमा समाप्त पनि हुन्छ र न्युरोपैथिक दुःखाइको मतलब एक साथ कतिपय नर्भको दुःखाइमा यसको प्रयोग हुन्छ ।

सिजर डिजार्डरमा जसका धेरै प्रकार हुन्छन् जसमा ग्रेंडमाल, पेटिटमाल,सिम्पल र कम्प्लेक्स पार्सियल मायोक्लोनिक मतलब मांसपेशी फरफराउनु, टिटेनिक मतलब एक साथ सारा शरीरको मांसपेशीको अनैच्छिक सङ्कुचन, जसमा यस्ता असह्य दुःखाइ हुन्छ कि रोगीको मृत्यु समेत हुन सक्छ जुन टिटेनस रोगमा देखिन्छ, क्लोनिक सिजर मतलब हात र खुट्टाको जर्किङ गति मुख्य हो । सबैमा भाल्प्रोएट एक्लै वा अन्य औषधिका साथ पनि दिन सकिन्छ ।

३. अन्य डिजार्डर : डिमेन्सियाजनित आवेग, मेन्टल रिटार्डेशनले हुने व्यवहार विकृति, चालचलनमा कडा खाले गडबडी, अल्कोहल विथड्रवल, पैनिक र बोर्डर लाइन पर्सनालिटि डिजार्डरमा पनि भाल्प्रोएटले काम गर्छ । एस्पिरीन, सिमेटिडिन, ब्र्रुफेन, इरिथ्रोमाइसिन, प्mलुऐक्सिटिन, प्mल्युभोक्सामिन, फिनोथायोजिन आदि । यी रोग घटाउने कार्बामाजिन, फेनिट्वायन जुन छारे रोगको औषधि हो, फेनोवार्विटल, इथुक्सोमाइड, रिफाम्पिसीन, मेप्mलोक्विन आदि ।

कार्बामाजिपिन : यो पनि लिथियम र भाल्प्रोएटजस्तै एन्टिमैनिक र मुडस्टेबलाइजर औषधि हो । यो लिथियम भन्दा छिटो तर भाल्प्रोएटभन्दा सुस्त काम गर्छ । यसको उपयोग तीन वर्गमा बाँडिएको छ : १.सिजर डिजार्डर अर्थात छारेरोग २. साइकियाट्रिक डिजार्डर ३. पारोक्सिसमल पेन डिजार्डर अर्थात् छाला रातो तातो भएर अतिशय दुख्ने गर्छ । यसको रूप कम्प्लेक्स पार्सियल सिजर, जेनरलाइज्ड टोनिक क्लोनिक सिजर, रमफिट, रम खाएपछिको मुर्छा वा सामान्य अल्कोहलिक विथड्रवल ।

दोस्रोः बाइपोलर मूड डिजार्डर, लिथियम रिफ्रेक्टरी र लिथियम सहन नसक्ने बिरामीमा रोकथामको लागि, एक्युट मैनिया, मुख्यतः कडा र डिस्फोरिक मैनियाको उपचारमा, एक्युट डिप्रेशनमा एन्टिडिप्रेसेन्ट वा एक्लै पनि उपचारार्थ, संवेगी डिजार्डर र आक्रामकतामा, मैनिया जसमा छारे रोग पनि छ भने स्किजोएफेक्टिभ डिजार्डर अर्थात् जसमा सिजोफ्रेनियाका लक्षण हालिसिनेशन वा डेल्युजन तथा मूड डिजार्डर जस्तै मैनिया वा डिप्रेशन एक साथ हुन्छ, बोर्डरलाइन पर्सनालिटि डिजार्डर र कोकेन विथड्रवल ३. तेस्रो पारोक्सिसमल पेन सिंड्रेममा पर्छ : ट्राइजेमिनल न्युराल्जिया, फेन्टम लिम्ब पेन अर्थात् हात वा खुट्टा झिकिदिए पनि नभएकोमा पनि भएजस्तै दुख्ने तथा अन्य न्युराल्जियामा कार्बामाजिपिनको प्रयोग हुन्छ ।

कार्बामाजिपिनको साइड इफेक्ट निम्नलिखित छ : डिप्लोपिया अर्थात् एउटा वस्तुलाई दुईटा देख्ने डबल भिजन, ड्राउजिनेस अर्थात् लठ्ठ पर्ने, डिजिनेस अर्थात एक प्रकारको चक्करजस्तो स्थिति, वाकवाकी र वान्ता, एटेक्सिया अथवा असन्तुलित हिंडाइ, स्किनरैस, स्टिभेन जोन्सन सिंड्रोम, फोटोसेन्सिभिटी अर्थात् अल्ट्राभायलेट किरणप्रति अधिक संवेदनशीलता, कोलेस्टेटिक जान्डिस, एक्युट ओलिग्युरिया अर्थात एक्कासि पिसाब बन्द हुनु र हाइपरटेन्सन, ल्युकोपेनिया अर्थात श्वेत रक्तकणको कमी, थ्रोम्बोसाइटोपेनिक परपुरा अर्थात् थोम्बोसाइटको कमीले छालाभित्र रगत देखिने ।

कडा रूपको साइडइफेक्ट– बोनमैरो डिप्रेशन, जसले गर्दा रक्तकण बन्न पाउँदैन, एप्लास्टिक एनेमिया, सिभिएस कोलेप्स मतलब हृदयगति बन्द हुने आदि । यसकारण यसबाट उपचारको क्रममा हृृदय, मिर्गौला, कलेजो र बोनमैरोको जाँच गरिराख्नुपर्छ । गर्भवती र दूध खुवाउने आमामा यो पनि वर्जित छ । अब साइकोट्रोपिक औषधिको चौथो वर्गीकरणमा जसको नाम हो एन्टिएंग्जाइटी र हिप्नोसिडेटिभ औषधिहरू ।

एन्टिएंग्जाइटी र हिप्नोसिडेटिभ (चिन्ताहरण र सम्मोहित गर्ने औषधि)– एन्टिएंग्जाइटी औषधि ती हुन् जसको प्रयोगले मान्छे चिन्तामुक्त हुन्छ । यसलाई माइनर ट्रेक्विलाइजर वा एंग्जियोलाइटिक औषधि पनि भनिन्छ । नेपालीमा यसलाई चिन्ताहरण वा चिन्तानिग्रह भन्न सकिन्छ ।

यसका निम्नलिखित प्रकार छन् : १. बार्बिचुरेट २.ननबार्बिचुरेट वा ननबेन्जोडाइजिपिन एन्टिएंग्जाइटी एजेन्ट ३. बेन्जोडाइजिपिन्स ४. न्युअर अथवा नयाँ औषधिहरू । क. लामो अवधि अथवा ८ घण्टाभन्दा बढी समयसम्म काम गर्ने, जसमा छ फिनोबार्बिटल ख. कभन्दा कम अवधिसम्म काम गर्ने । एमोबार्बिटल, पेन्टोबार्बिटल ग.सानो अवधिसम्म काम गर्ने (१ घण्टादेखि ५ घण्टासम्म)–सेकोबार्बिटल घ. अल्ट्रा सोर्ट एक्टिङ) १ घण्टाभन्दा कम अवधिसम्म) जसमा पर्छ– थायोपेन्टोन र मिथोक्सिहेक्सिटल । आजभोलि बार्बिचुरेट ग्रुपको औषधि प्रयोग गरिदैन किनभने धेरै र्साड इफेक्ट हुन्छ । यथा–अत्यधिक सुत्ने, फोक्सो,मुटु र कलेजोमा विषाक्तता, लत लाग्ने,विथड्रवल सिंड्रोम र सुसाइड गर्ने घटना देखियो । ननबार्बिचुरेट वा ननबेन्जोडाइजिपिन : क. कार्बामेट : मेप्रोबामेट, टाइडोमेट, केरिसोप्रोडोल ख. पिपरिनडियोन : ग्लुटाथेमाइड ग. अल्कोहल : इथानोल, क्लोरल हाइड्रेट, इथक्लोरोभिनोल घ. क्विनाजोलिन डेरिभेटिभ : मेथएक्वालिन जसलाई बाजारु बनाएर एब्युजको रूप दिइएकोले प्रयोग गरिंदैन । च. : एन्टिहिस्टामिनिक : डाइफेनहाइड्रामिन, हाइड्रोक्सिजिन र प्रोमिथाजिन जुन पहिले र प्रायः मेथएक्वालोन र डाइजिपामसँग प्रयोग गरिन्छ । तर यी सबैलाई सिडेटिभको रूपमा मात्र प्रयोग गरिन्छ । छ. साइक्लिक इथर : पारल्डिहाइड जुन लत लाग्ने भयले प्रयोग गरिंदैन । ज. अन्य– थायोरिडाजोन जुन एउटा एन्टिसाइकोटिक औषधि हो तथा डोक्सिपिन जुन एन्टिडिप्रेसेन्ट औषधि हो, पर्छ । यी दुवैलाई एन्टिएंग्जाइटीको रूपमा प्रयोग गरिंदैन तर कहिलेकाहीं अर्रू एन्टिएंग्जाइटी औषधिहरूले काम नगर्दा प्रयोग गरिन्छ । झ. बिटा ब्लोकर : यसको उदाहरण हो प्रोप्रानोलोल, जुन चिन्ताले उत्पन्न शारीरिक लक्षण, जसमा रोगी चिन्तित हुन्छ तर भन्दैन, बरु दुख्ने र कमजोरी आदि लक्षणमा जोड दिन्छ, प्रयोग गरिन्छ ।

यो परिस्थितिजन्य र एन्टिसिपेटरी चिन्ता, मतलब रोगी बेमतलब भविष्यको चिन्ता गरिरहन्छ, मा दिइने पहिलो छनोटको औषधि हो । यसलाई एक्लै वा बेन्जोडाइजिपिनका साथ पनि प्रयोग गरिन्छ र अहिले पनि यसमा खोज चलिरहेको छ । ३. तेस्रो ग्रुपमा छ बेन्जोडाइजिपीन : यो चिन्ता र अनिद्राको पहिलो छनोटको औषधि हो । यसको निम्न अवस्थामा प्रयोग गरिन्छ यथा– जेनरलाइज्ड एंग्जाइटी, चिन्तित मूडको साथ एडजस्टमेन्ट डिजार्डर, पैनिक डिजार्डर, एगारोफोबिया, स्कूलफोबिया, एजिटेटेड डिप्रेशन, अनिद्रा, एन्युरेसिस अर्थात् ओछ्यानमा पिसाब गर्ने, निद्रामा हिंड्ने, राति भयानक सपना देख्ने, सर्जरी गर्दा बेहोश गर्नु पहिले, कन्भल्शन, टिटेनस, सिरेब्रल पेल्सी, अल्कोहल र अन्य ड्रग विथड्रवल सिंड्रोम, सानोतिनो सर्जरी, इन्डोस्कोपी र बच्चा जन्माउने प्रक्रिया, मेनिया, एनेस्थेसिया, एक्युट साइकोसिस, नार्को टेस्ट, रेसिस्टेन्ट सिजोफ्रेनिया, तर हाइ डोज र साइकासोमेटिक अथवा मनोशारीरिक डिजार्डर आदि ।

यसैले थाहा हुन्छ कि यो औषधि वर्गले कति काम गर्छ र किन अरू औषधिलाई विस्थापित गर्न पुग्यो र यसले कसरी मनोचिकित्साको नयाँ ढोका खोल्यो । तर यसलाई एक पटकमा ६ महीनाभन्दा बढी प्रयोग गर्नु हुँदैन किनभने त्यसले बानी पर्छ, टोलरेन्स अथवा औषधिको सहने शक्ति बढेर जान्छ । यसको साइड इफेक्ट– वाकवाकी, वान्ता, चक्कर आउने, छाती र पेटको बीच भागमा दुख्ने जसलाई इपिगैस्ट्री पेन भनिन्छ, पखाला चल्ने, आँखा तिरमिराउने र धमिलो देखिने, मुख सुखा हुने र विथड्रवल सिंड्रोम हो । ४. चौथो वर्गमा छ अझ नयाँ औषधि छन् बुसपिरोन, जोपिक्लोन, जोल्पिडेम, जाल्पिलोन र अन्य ।

यसको साइड इफेक्ट–हलुका वाकवाकी, हेडेक र मुख सुखा मात्र हुन्छ, बानी वा लत लाग्दैन । तर पनि बच्चा र गर्भवतीमा यसको सुरक्षा निश्चित छैन । यो खाएपछि एटेन्सन, एलर्टनेस आदिमा कुनै कमी हुँदैन, रोगीले राम्रो महसूस गर्छ । यस कारणले बेन्जोडाइजिपिनभन्दा यसको स्थान माथि छ । तेस्रो जोल्पिडेम इमिडाइजोपाइरिडिन डेरिभेटिभ हो । यसको असर केवल २ देखि ३ घण्टासम्म मात्र रहन्छ र सम्मोहनको लागि मार्केटिङ गरिएको छ । यस कारण यसको प्रयोग निद्राको शुरूआत गर्न गरिन्छ, जसलाई इनिसियल इन्सोम्निया भनिन्छ ।

यसको पनि साइड इफेक्ट वाकवाकी र मुख सुखा हुने मात्र हो । यो पनि एकचोटिमा दुई सप्ताहभन्दा वढी दिइँदैन । चौथो हो जाल्पिलोन जुन पाइरोजोलोपाइरिडिन डेरिभेटिभ हो, जसलाई पनि हिप्नोसिसको लागि मार्केट्री गरिएको छ । यो पनि इनिसियल अनिद्रामा प्रयोग गरिन्छ । जिएबिए कम्प्लेक्स रिसेप्टरमा मेगा : १,२,३ रिसेप्टर कम्प्लेक्स हुन्छ । बेन्जोडाइजिपिन नभए पनि यसले मेगा : १ रिसेप्टरमा नै काम गर्छ । वाकवाकी, वान्ता, मुख सुखा हुने र मांसपेशीको दुःखाइ यसको साइड इफेक्ट हो । बच्चा र गर्भवतीमा यसको पनि सुरक्षा प्रमाणित छैन । एकचोटिमा दुई सप्ताहभन्दा बढी दिइँदैन । अन्यमा– सुरिक्लोन, ब्रिटाजेनिल, इमिडाजेनिल र एविकार्निल तथा एल्पिडेम । यी सबै नयाँ बनेका मुख्यतः एंग्जियोलाइटिक औषधि हुन् । अस्तु १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here