• बैद्यनाथ श्रमजीवी

हामी बाँचेको युग दलाल पूँजीवादी व्यवस्थाको युग हो । यो समय दलाल पूँजीवाद असफल भइरहेको समय पनि हो । अर्थात् यसलाई यसरी पनि भन्न सकिन्छ, यतिबेला दलाल पूँजीवाद निभ्न लागेको बत्तीजस्तै हो । त्यसैले यतिबेला सबैतिर निराशै निराशाले भरिएको देखिन्छ । कोही पनि सन्तुष्ट र आशावादी देखिंदैन । जुनसुकै व्यवसाय र पेशाका मानिस किन नहोस् सबैतिर केवल निराशाकै साम्राज्य चलिरहेको देखिन्छ । मानिसहरूले अब अवस्था सुध्रिन्छ कि भन्दै गरेको सोच्दै गरेको पनि दशक बितिसक्यो । तर अवस्था सुध्रिनुको साटो झन्झन् दिन प्रतिदिन बिग्रिदै गएको अनुभूतिले मानिसहरू अत्तालिएका छन् ।

यो अवस्था यतिबेला यति डरलाग्दो गरी विकास भएको छ कि समाजभित्र मानिसहरू आत्महत्या गर्नेसम्मका घटनाहरू घट्न थालेका छन् । यसको मतलब अब संसार यहींबाट सिद्धिने हो त त्यो पनि होइन । वास्तवमा झिनो आशा मानिसहरूमा अझै पनि विकास र समृद्धिको छँदैछ । तर त्यो प्राप्त हुने कसरी ? राज्य व्यवस्थामा लागेका तथा समाजभित्र देखिएका सबै अगुवाको चरित्र र चिन्तन घटिया, नितान्त व्यक्तिवादी तथा भ्रष्टमुखी भएको हुनाले मानिसहरूमा पलाएको राम्रो दिनको आशाले अझै विश्वासको ठाउँ लिइसकेको छैन ।

सेवा, सहयोग, सद्भाव, मानवता जस्ता शब्दावली केवल अरूको लागि मात्रै मानिसले गरिरहेका छन् । कोही पनि यो कार्यमा लाग्न चाहिरहेको छैन र लागेकाहरू पनि प्रायः स्वार्थवश लागेका देखिन्छन् । पर्दाअगाडि एउटा कुरा भनेको देखिन्छ तर पर्दापछाडि अर्कै कुरा गरेको देखिन्छ । प्रायः सबै मानिस दोहोरो चरित्रको भूमिकामा समाजभित्र अगाडि बढेको सजिलै देख्न सकिन्छ । मानिसहरू यस्तो हुनुको मुख्य कारण विद्यमान दलाल पूँजीवादी व्यवस्थाको मनोविज्ञान नै हो ।

यो व्यवस्थामा सबैलाई व्यक्तिगतरूपमा उन्नति र धनवान् बन्ने अवसर छ भन्ने एकातर्फ सिकाउँछ भने अर्काेतर्फ जति जे गरे पनि १० देखि १५ प्रतिशतभन्दा बढी मानिसहरू कुनै पनि अर्थमा सम्पन्न बन्न नसक्ने दलाल पूँजीवादी व्यवस्थाको राजनीतिक तथा आर्थिक व्यवस्थाको अवस्था रहेको छ । जो धनी छ ऊ झन्झन् धनी कसरी बन्ने भन्ने अनेक तानाबाना बुन्नमा व्यस्त छ । जो गरीब छ, जो मध्यमवर्गका छन्, उनीहरू अब मध्यमवर्ग नरहने अवस्थामा पुगेका छन् ।

मध्यमवर्गका धेरै हिस्सा आफ्नो वर्गबाट झरेर श्रमिक वर्गमा जाने अवस्था भएकोले उनीहरूले अहिले आत्महत्याको बाटो रोज्ने गरेको देखिन्छ । यस्तोमा समाजभित्र सबैतिर पैसा नै सबैभन्दा मआजभोलि समाजमा सबैको अर्जुनदृष्टि पैसामैं किन ?पूर्ण हुनु स्वाभाविक हुन जान्छ । त्यसैले डाक्टर, इन्जिनीयर, प्रोफेसर, वकील, न्यायाधीश, व्यापारी, नेता, प्रहरी, सैनिक सबै क्षेत्र र विभाग पैसालाई नै आधारित बनाएर हिंडेका देखिन्छन् ।

समाजमा मानवता, नैतिकता, इमानदारिता यी सबै समाप्त हुँदै गइरहेका भेटिन्छन् र सबैको अर्जुनदृष्टि केवल पैसा नै रहेको छ । यस्तो मनोविज्ञानले गर्दा राज्यको अवस्था दिन प्रतिदिन कमजोर हुँदै गइरहेको छ भने राजनीतिक दलहरूमाथिको विश्वास गुम्दै गइरहेको छ । समाजभित्र कोही कसैलाई विश्वास गर्ने अवस्थामा रहेको देखिंदैन । घरपरिवारहरू पैसाकै कारण आपसी सद्भावबाट वञ्चित हुँदैछन् । पैसाले गर्दा समाजभित्र कुनै पनि नाता–सम्बन्धमा माया, प्रेम र विश्वास बलियो अवस्थामा छैन ।

यसरी जुन सम्बन्ध कमजोर छ, त्यहाँ माया र विश्वास हुँदैन । फलस्वरूप त्यो सम्बन्धको आयु लामो हुँदैन । माया–प्रेमले सम्बन्धलाई बलियो बनाउँछ भने विश्वासले सम्बन्धलाई अटुट बनाउँछ । तर दलाल पूँजीवादी व्यवस्थाको मनोविज्ञानले गर्दा हिजोआज सम्बन्धलाई धन–सम्पत्ति र पैसामा तुलना गर्न थालिएको छ । पैसाले आपसी प्रेम र विश्वासमा चोट पु-याउँछ, एकअर्काप्रति शङ्का गर्न र दूरी बढाउन सबैभन्दा बढी भूमिका खेलिरहेको सजिलै देख्न सकिन्छ ।

यतिबेला सबैले अनुभूति गरेकै विषय के हो भने पैसाले कुनै पनि बलियो सम्बन्धलाई कमजोर बनाउन सक्छ । पैसाले हरेक व्यक्तिलाई कमजोर बनाइदिन्छ । पैसाले नै व्यक्तिमा लालच उत्पन्न गराउँछ र आफ्नाहरूसँग विश्वासघात गर्न सिकाउँछ । हिजोसम्म हामीले मानिआएको क्रान्तिकारीहरू आज पैसाकै कारण पतन भएको कुरालाई सबैले अनुभूति गर्न थालेका छन् । यतिमात्र होइन आज आफ्नो जन्म दिने आमाबुबालाई पाल्न पनि सम्पत्तिमा तुलना गर्न थालिएको छ ।

हिजोआज अदालतमा समेत बैंकका चेकहरू बाउन्स भएका मुद्दाहरू धेरै आएका सुनिन्छ । त्यसरी चेक बाउन्स हुनुको कारण आफन्तहरूलाई परेको समयमा गरेको आर्थिक सहयोगलाई फर्काउने समयमा विश्वासघातको शिकार बन्न पुग्छन् । जुन सम्बन्धमा कुनै बेला मिठास भरिएको हुन्थ्यो, पैसाको लेनदेनका कारण त्यसमा अमिलोपन आउन थाल्छ र त्यो कुरा अड्डा–अदालतसम्म पुग्छ । पैसाकै कारणले गर्दा एकअर्काको अनुहारसम्म हेर्न मन पराउँदैनन् । र ज्यानैसमेत मार्न अनेक षड्यन्त्रका तानाबानाहरू बुनेर योजनालाई कार्यान्वयन गर्न लागिपरेका घटनाहरू दिनहुँ उजागर भएका देखिन्छन् ।

यस्तो अवस्थामा मानवता सुरक्षाको लागि सबैले बुझ्नुपर्ने कुरा के हो भने पैसा र सम्बन्धमध्ये कुन बढी मआजभोलि समाजमा सबैको अर्जुनदृष्टि पैसामैं किन ?पूर्ण हुन्छ भन्ने कुरा छुट्याउनुपर्ने हुन्छ । पैसालाई बढी मआजभोलि समाजमा सबैको अर्जुनदृष्टि पैसामैं किन ? दिनु भनेको सम्बन्धमा दूरी उत्पन्न गराउनु हो । जब कुनै विषम परिस्थितिमा कुनै साथी अथवा आफन्तले पैसाको ऋण माग्दा नाइँ भन्न गा-हो पर्छ । अनि यस्तो परिस्थितिमा पैसालाई मआजभोलि समाजमा सबैको अर्जुनदृष्टि पैसामैं किन ? दिने कि सम्बन्धलाई भन्ने गहन सवाल उठ्ने गर्छ ।

जुन व्यक्तिले पैसालाई बढी मआजभोलि समाजमा सबैको अर्जुनदृष्टि पैसामैं किन ? दिने गर्छ, उसको जीवन र समाजलाई हेर्ने दृष्टिकोणसमेत फरक हुन्छ । तर समय र परिस्थिति अनुसार पैसाको लेनदेन गर्दा आफैंले पनि छुट्याउनुपर्ने हुन्छ कि मानवतालाई अगाडि राखौं । आखिर मरेर जाँदाखेरी लाने के हो ? हुनत सबै परिस्थितिमा पैसाले सम्बन्धमा अमिलोपन ल्याउँछ भन्ने कुरा सही नहुन सक्छ । पैसाले त्यस परिस्थितिमा मात्र सम्बन्ध बिग्रन्छ, जुन समयमा मानिसको नियतमा खोट आउँछ वा पैसाको लागि मन बदलिन्छ ।

कहिलेकाहीं परिस्थितिहरू पनि अनुकूल हुँदैनन्, हातमा पैसा नहुँदा ऋण तिर्न समय लाग्छ । त्यसैले केही धैर्य राख्न पनि आवश्यक हुन्छ । यस्तोमा व्यक्तिको आर्थिक अवस्था के कस्तो छ, उसको वर्तमान अवस्था कस्तो रहेको छ भन्ने कुरालाई बढी महत्वका साथ लेनदेन गर्ने दुवै पक्षले विचार गरिदियो भने मानवता पनि हराउँदैन र सम्बन्धमा पनि तिक्तता हुँदैन । यदि तपाईंको विशेष व्यक्तिले तपाईंसँग सानो रकम उधारो माग्छ भने पैसा फिर्ता भएपनि नभए पनि ठीकै छ भन्ने पहिले नै सोचेर मात्र पैसा दिनुपर्छ । यसले सम्बन्ध सधैं सुमधुर हुन्छ । थोरै पैसाको लागि सम्बन्ध बिगार्नु कुनै पनि अर्थमा राम्रो होइन भन्ने मनोविज्ञान अब दरोसँग पक्रिन जरुरी छ । किनभने सम्बन्धमा चीसोपन आउनुको कारण पैसा भयो भने त्यसलाई गम्भीरताका साथ विचार गर्नुपर्छ ।

पैसाको कारण आर्थिक मात्र होइन, मानसिकरूपमा पनि धेरै समस्या आउँछन् । कतिपय मामिलामा पैसा दिनेहरू पैसा फिर्ता नआउँदा तनाव खप्न नसकेर बौलाएकासमेत घटनाहरू वा शारीरिकरूपमा रक्तचाप र मधुमेह बढ्ने अथवा ह्दयघातसमेत भएका घटनाहरू देखिन्छन् । त्यसैगरी, पैसा लिनेहरू फिर्ता गर्न नसकेर उत्पन्न भएको तनावले गर्दा उपरोक्त समस्याहरूको सामना गरिरहेका घटनाहरू देखिन्छन् । यतिबेला समाजमा पैसाको लेनदेन एउटा ठूलो सामाजिक समस्याको रूपमा देखिएको छ । खास गरीकन मिटर ब्याजको समस्याले मानिसहरू निकै नै पीडित छन् । आत्महत्याको मनोविज्ञानसम्म विकास गर्न सक्ने मिटरब्याजीलाई समयमैं लगाम लगाउन सकिएन भने यसले झन् ठूलो विनाशकारी परिणामहरू ल्याउने निश्चित नै छ । त्यस कारण राज्यले समयमैं मिटरब्याजीबाट पीडित किसानहरूको समस्यालाई बुझेर मिटर ब्याज खान पल्केका साहुहरूलाई कडा दण्ड गर्ने विधिविधान तयार गर्न जरुरी छ ।

पैसाको वर्तमान अवस्थालाई विचार गर्दा हामीले केही कुरामा ध्यान पु-याउन जरुरी देखिन्छ । जस्तो कि एक सूत्रमा भन्नुप-यो भने अब हामीले यो भन्न सक्नुपर्छ– ‘जसले बचाउन जान्दैन, उसले बाँच्न जान्दैन ।’ अब घरघरमा केटाकेटीदेखि नै बालबालिकालाई पैसाको महŒवबारे तथा मितव्ययिताबारे सिकाउन जरुरी छ । आआफ्नो बच्चालाई कसरी असल, सफल, कुशल बनाउने भन्ने कुरामा जसरी सबै अभिभावक लागिपरेका हुन्छन्, त्यसैगरी पैसाको बारेमा पनि बताउन जरुरी हुन्छ । महँगो बोर्डिङ स्कूलमा पढाएर मात्रै नानीबाबुहरू असल बन्ने होइनन् । उनीहरूको जीवन सफल हुने होइन ।

यो कुराको ज्ञान उनीहरूलाई हामीले शुरूबाटै दिन सक्नुपर्छ । यसको लागि जीवनमा पैसाको मआजभोलि समाजमा सबैको अर्जुनदृष्टि पैसामैं किन ? पनि बताउन जरुरी छ । तर प्रायः घरपरिवारमा न घर–व्यवहारको कुरा सुनाइन्छ, न आर्थिक योजनाको कुरा नै । केही जान्ने–बुझ्ने भएपछि बालबच्चालाई आर्थिक व्यवस्थापनका कुरा सिकाउनुपर्छ । पैसाको मआजभोलि समाजमा सबैको अर्जुनदृष्टि पैसामैं किन ? बोध गराउनुपर्छ । उनीहरूलाई आम्दानी कसरी गर्ने हो, त्यसको बारेमा साथै बचत कसरी गर्ने ? लगानी कसरी गर्ने ? र खर्च कसरी गर्ने ? यी कुराहरूको बीचमा तालमेल कसरी मिलाउने ? कसरी मितव्ययी बन्ने ? फजुल खर्चबाट कसरी जोगिने ? यस्ता सवालहरूमा पनि बालबालिकाहरूलाई सबै कुरा सिकाउँदै लग्नुपर्ने जरुरी हुन्छ । यस्तो बेलामा खासगरी हामीले भाग्य भने केही पनि हुँदैन, सबै कुरा मेहनत नै हो भन्ने कुरा राम्रोसँग बालमस्तिष्कमा राख्न सक्नुपर्छ ।

उनीहरूलाई नभएको काल्पनिक ईश्वर र भाग्य जस्ता कुराहरूमा फसाउनुहुँदैन । आफ्नो श्रम, विवेक, मेहनत नै पैसा आर्जन गर्ने मूल स्रोत हुन् । मेहनत र इमानदारीपूर्वक कुनै पनि काम, पेशा, व्यवसाय गरेर पैसा आर्जन गर्नुपर्छ । यसका लागि सही समयमा सही ढङ्गले सही ठाउँमा लगानी गर्नुपर्ने हुन्छ । पैसा लगानीका लागि बचतको कला पनि जरुरी हुन्छ । पैसा कसरी जोगाउने ? कसरी फजुल खर्चबाट बच्ने ? यी कुरा जान्नुपर्छ । हिजोआज देखावटी गर्ने, नक्कल गर्ने, फेशन गर्ने यस्ता कुराहरूबाट बच्चाहरूलाई जोगाउनको लागि केटाकेटीदेखि नै प्रशिक्षित गर्दै लग्नुपर्छ ।

हामीलाई थाहा छ, बालबालिकाले ठूला–ठूला काम गरेर आयआर्जन गर्न सक्दैनन् । तर उनीहरूले आफ्ना पुराना किताब कपी, आफूले बनाएको चित्र, आफूले रोपेको फूल, बाटोमा फालिएको प्लास्टिकलगायत हल्का कबाडीका सामान आदि बेचेर आयआर्जन गर्न सक्छन् । यी सामान्य लाग्ने कुराबाट पनि उनीहरूलाई पैसा र श्रमको मआजभोलि समाजमा सबैको अर्जुनदृष्टि पैसामैं किन ? बुझाउन सकिन्छ । यसको साथै उनीहरूले पाउने पकेट खर्च कसरी राख्ने ? के कुुरामा खर्च गर्ने ? खर्च गर्दा के कस्ता होशियारी अपनाउने ? भन्ने कुरा सिकाउँदै लगेमा केटाकेटीहरूले पैसाको मआजभोलि समाजमा सबैको अर्जुनदृष्टि पैसामैं किन ? र बचत कसरी गर्ने भन्ने कुरा, मितव्ययी कसरी बन्ने कुरा तथा फजुल खर्चबाट कसरी जोगिने कुरा सजिलै बुझ्न सक्छन् ।

हामी सबैले बुझेकै कुरो हो, आर्थिक व्यवहारमा जति धेरै मआजभोलि समाजमा सबैको अर्जुनदृष्टि पैसामैं किन ? आम्दानीको छ, त्यतिकै मआजभोलि समाजमा सबैको अर्जुनदृष्टि पैसामैं किन ? बचतको पनि हुन्छ । त्यसैले आम्दानीजस्तै बचततिर पनि ध्यान दिन जरुरी छ । जसरी एउटा गृहिणीले प्रत्येक दिन भान्सामा चामल राखेको भाँडाबाट एक मुठी चामल झिक्दा खाना कसैको पनि कम हुँदैन । तर ३० दिनमा ३० मुठी चामल वा ३६५ दिनमा ३६५ मुठी चामलको बचत सजिलै गर्न सकिन्छ । त्यसैगरी, बालबालिकालाई बचत गर्ने कला सिकाउन घरमा एउटा खुत्रुके किनेर ल्याइदिनुपर्छ ।

आम्दानीको कम्तीमा पनि १० प्रतिशत बचत गर्नुपर्छ भन्ने कुरा सिकाउनुपर्छ । केही फजुल खर्च कटाएर दैनिक १०० रुपियाँँ मात्र बचत गर्न सक्यो भने २५ वर्षको उमेरसम्ममा करीब १० लाख रुपियाँँ जम्मा हुन्छ । त्यस कारण सबैभन्दा पहिले बच्चालाई बचत गर्न सिकाउनुपर्छ । केटाकेटीहरूलाई समाजमा समन्वय गर्नको लागि अथवा घुलमिल गर्नको लागि उसले कसरी बोलीचाली गर्ने, व्यापारमा आम्दानी वा खर्च गर्न कसरी बोल्ने भन्ने कुरा पनि सिकाउन जरुरी हुन्छ । त्यसको लागि केही न केही कुरा कसरी बेच्ने ? वा कसरी बोल्ने ? भन्ने कुरा सिकाउनुपर्छ । आम्दानीको निम्ति पहिले पैसाको महत्व बुझाउनुपर्छ ।

बच्चालाई बेच्ने र बोल्ने कुरा सानैदेखि सिकाइदियो भने ऊ संसारको जुनसुकै कुनामा गएर पनि बाँच्न सक्छ । यसो गरिएन भने बच्चाहरू आत्ममुखी बन्ने खतरा रहन्छ । जसले गर्दा समाजमा घुलमिल गर्न उसलाई निकै गा-हो हुन्छ । यसको लागि बच्चालाई आम्दानी गर्न योग्य बनाउन सिकाइमा लगानी गर्नुपर्छ । त्यसैले पाठ्यक्रमभन्दा बाहिरको पुस्तक पढ्ने बानी बसाउने, अहिलेको डिजिटल युगमा बच्चालाई डिजिटलाइजेशनसम्बन्धी ज्ञान पनि दिनुपर्छ । खासगरी बालबालिका बिग्रिने उमेर किशोरावस्था नै हो ।

१६ देखि २० वर्षको उमेरमा बालबालिकाको सिकाइमा लगानी गर्नुपर्छ । सिकाइमा गरेको लगानीबाट नै उनीहरूले पछि आम्दानी गर्न सक्छन् । उनीहरूलाई के बुझाउन जरुरी छ भने बचत र लगानीमा के फरक छ ? अर्थात् बचतमा शून्य जोखिम हुन्छ भने लगानीमा जोखिम हुन्छ, त्यसैले लगानीको कुरा बिस्तारै सिकाउनुपर्छ । यहाँनिर आम्दानी र लगानीभन्दा पनि मआजभोलि समाजमा सबैको अर्जुनदृष्टि पैसामैं किन ?पूर्ण कुरा भनेको खर्च हो । त्यसैले केटाकेटीलाई कसरी खर्च गर्ने, कुन कुरामा खर्च गर्ने भन्ने सिकाउनुपर्छ ।

वास्तवमा हामीले अहिलेसम्म सम्पूर्ण कुरा अरूलाई देखाउनका लागि गरिरहेका छौं । विद्यालय गयो देखाउन, बिहे ग¥यो देखाउन, कुनै नयाँ सामान किन्यो देखाउनकै निम्ति । त्यसैले देखाउनका लागि हामी धेरै खर्च गर्छाैं । कुनै पनि व्यक्तिको खर्चभन्दा आम्दानी कम्तीमा पनि तीन गुणा बढी हुनुपर्छ । यस कुरालाई राम्ररी बुझाउन सक्नुपर्छ । आम्दानीभन्दा खर्च बढी छ भने उसले कहिल्यै बचत गर्न सक्दैन ।

१५/१६ वर्षको बालबालिकाको आम्दानीको स्रोत भने केही छैन । तर उसलाई १० हजारको जुत्ता लगाउनु परेको छ, बाइक चढ्नु परेको छ र आइफोन चलाउनु परेको छ भने उसलाई त्यो फजूल खर्च हो भनेर सिकाउनुपर्छ । उसको हरेक इच्छा पूरा गरिदियो भने उसले पैसाको महत्व कहिले बुझ्दैन । त्यसैले कसरी खर्च गर्ने, कसरी आम्दानी गर्ने, कसरी बचाउने र कसरी लगानी गर्ने भन्ने कुरा बच्चालाई सिकाउनैपर्छ ।

हिजोआज पढ्नका लागि छोराछोरी शहर गए उनीहरूका सबै आवश्यकता भनेको समयमा पूरा गर्नु हुँदैन । यसो गर्दा उसलाई पैसाको अर्थ थाहा नहुन सक्छ । बालबालिकालाई अभाव महसूस गर्न दिनुपर्छ । जसले उनीहरूलाई काम गर्न तथा कमाउन प्रेरित गर्छ । बाहिर पढिरहेका वा बिहेवारीमा बाँधिएकाहरूलाई आफैं कमाएर घर–व्यवहार चलाउन सिकाउनुपर्छ । यस्तो गर्दा बालबालिकामा जिम्मेवारी बढाउनुका साथै उनीहरू आपैंm काम गरेर घर–व्यवहार चलाउन सक्षम हुँदै जानेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here