काठमाडौं, १८ फागुन/रासस
करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खला अन्तर्गत आज भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको छ ।
जितका लागि १८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७७ रनमा समेटियो ।
नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेकोमा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै नामिबियालाई आठ रन मात्रै दिए । योसँगै अन्ततः नेपालको जीत सुनिश्चित भएको हो । जितसँगै दुर्ई अङ्क जोडेको नेपालले फाइनल खेल्ने सम्भावना प्रबल बनाएको छ ।
नामिबियाको यो हारपछि पनि अङ्कतालिकामा भने समान दुर्ई अङ्क नै छ । नेदरल्यान्डसको दुर्ई खेलमा चार अङ्क रहेको छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्यान्ड्ससँग २ विकेटले पराजित भएको थियो । त्यस्तै नामिबिया हिजो भएको खेलमा नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो ।
आजको खेलमा नामिबियाका लागि कप्तान जेजे स्मिथले अर्धशतक प्रहार गरे । उनले २६ बलमा ६ चौका र दुर्ई छक्का प्रहार गर्दै ५० रन जोडेका हुन् । जान फ्रिलिंकले ३७ रन जोडे भने जेपी कोट्जेले २५ र माइकल भान लिङ्गेनले १० रन बनाए । रूबेन ट्रम्पलम्यानले १४ रन जोड्दा जेन ग्रीनले अविजित २३ रन बनाए ।
बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी र कप्तान रोहित कुमार पौडेलले समान दुर्ई/दुर्ई विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिए ।
त्यस अघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिड्ढो निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८० रनको योगफल बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे । उनले ३७ बल खेल्दै एक चौका र चार छक्काको मदतमा ५५ रन बनाएका हुन् । कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफले आउट हुनु अघि २४ बलमा चार चौकाको सहायताले ३१ रन जोडे ।
त्यस्तै गुलशन झाले १६ बल खेल्दै एक चौका र तीन छक्काको सहायताले २६ रन बनाए भने अनिल शाहले १७ बलमा तीन छक्काको मदतमा २३ रन जोडे । दीपेन्द्र सिंह ऐरी आठ बलमा दुर्ई चौका प्रहार गर्दै १६ रनमा आउट भए । कप्तान पौडेल ९ बलमा दुर्ई चौका प्रहार गर्दै १० रनमा आउट भए । त्यस्तै शुरूआती ब्याट्सम्यान आसिफ शेख एक रनमा आउट हुँदा करण केसीले ७ र सोमपाल कामी २ रनमा आउट भए ।
बलिङतर्फ नामिबियाका बेन शिकाङ्गोलले तीन विकेट लिए भने ज्याक ब्रेसलले दुर्ई विकेट झारे । त्यसैगरी बर्नार्ड स्कोल्ज र जान निकोल लोप्mटी इटनले समान एक/एक विकेट लिए । अब नेपालले भोलि नेदरल्यान्डसँग खेल्नेछ ।