काठमाडौं, १५ फागुन/रासस
धितोपत्र बजारमा शेयर कारोशार मापक नेप्से परिसूचक मङ्गलवार पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ३४ अङ्कले उकालो लागेर दुई हजार एक दशमलव ६४ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ११ अङ्कले उकालो लागेर ३५७ दशमलव शून्य नौमा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये छ उपसमूहका शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहका शेयर मूल्य भने उकालो लागेका छन् ।
कुल ५२ लाख ३९ हजार ४१६ कित्ता शेयर रु एक अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ मूल्यमा खरीद–बिक्री भएका छन् । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १४ करोड १९ लाख ६२ हजार ६९० बराबरको कारोबार भयो ।
शिवम् सिमेन्ट रु आठ करोड २९ लाख ८२ हजार ६६८, हिमालयन रिइन्स्योरेन्स रु छ करोड ४० लाख २६ हजार ९३९, घोराही सिमेन्ट रु पाँच करोड चार लाख ९० हजार २६९ र हिमालयन डिस्टिलरी रु तीन करोड ५८ लाख ६८ हजार ९६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र बिपिडब्ल्यू लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामलिङ पावर कम्पनी नौ दशमलव २६, बोटलर्स नेपाल तराई आठ दशमलव ७२ र गुराँस लघुवित्तका शेयरधनीले आठ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, चिर्खवा हाइड्रोपावर पाँच दशमलव शून्य छ, कालिञ्चोक दर्शन चार दशमलव ३०, ज्योति विकास बैंकको ऋणपत्र तीन दशमलव ६२, मैलुङ हाइड्रोपावर तीन दशमलव ५३ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलव १४ प्रतिशतले गुमाएका छन् ।