दिनेशकुमार मिश्र, वीरगंज, १४ फागुन/
दोस्रो सखुवाप्रसौनी क्रिकेट प्रतियोगिता–२०८० अन्तर्गत सोमवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कालिकामाई विजयी भएर फाइनलमा प्रवेश गरेको छ ।
परवानीपुर गापाले टस जितेर निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाइ १२१ रन बनाएको थियो । सोविरुद्ध ब्याटिङ गरेको कालिकामाईले २० ओभरमा आठ विकेटको क्षतिमा १२२ रन बनाएर दुई विकेटले जितेको हो । आजको खेलको ‘म्यान अफ दी म्याच’ कालिकामाईका योगराज शर्मा घोषित भए । चार ओभरमा छ रन दिएर दुई विकेट लिनुका साथै २४ बलमा २७ रन बनाएका थिए ।
प्रतियोगिताको फाइनल खेल फागुन १६ गते बुधवार हुनेछ । फाइनलमा आजका विजेता कालिकामाई र हिजोको विजेता छिपहरमाई गापा भिड्ने आयोजक सखुवाप्रसौनी युवा समाजका सचिव सरोज पटेलले बताए ।