प्रस, वीरगंज, १४ फागुन/
अल्पाइन अन्तरकलेज टी–२० कप २०८० अन्तर्गत सोमवार क्वाटरफाइनल खेल शुरू भएको छ ।

पहिलो खेलमा ग्लोबल बिजनेश कलेजले वीरगंज सेन्ट्रल कलेजलाई ९७ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिला ब्याटिङ गर्दै ग्लोबल बिजनेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६३ रन बनाएको थियो । ग्लोबलका विवेक यादवले ५३, नीरज यादवले ४३ र सोनु पटेलले २४ रन बनाए ।

वीरगंज सेन्ट्रलका दिनदयाल दासले दुई र नितेश गुप्ताले एक विकेट लिए । प्रतिउत्तरमा वीरगंज सेन्ट्रल १५.३ ओभरमा सबै विकेट गुमाएर ६६ रनमा सीमित भयो । वीरगंज सेन्ट्रलका महमद अलिराज अन्सारीले १२ र मुकेश मण्डलले १० रन बनाए । ग्लोबल बिजनेशका विवेक यादवले तीन र रोशन कुमारले दुई विकेट लिए । यस खेलको ‘म्यान अफ दी म्याच’ विवेक यादव घोषित भए ।

यसैगरी, आज भएको दोस्रो क्वाटरफाइनलमा मिनील्यान्डले मेरिगोल्डलाई ७८ रनअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिला ब्याटिङ गरेको मिनील्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२८ रन बनाएको थियो । मिनील्यान्डका विकाश पटेलले ४२ र रोहित साहले ३८ रन बनाए । मेरीगोल्डका सुरज प्रजापतिले दुई र दिलशाद हुसेनले एक विकेट लिए ।

प्रतिउत्तरमा मेरिगोल्ड १४.३ ओभरमा सबै विकेट गुमाएर ५० रनमा सीमित भयो । मेरिगोल्डका शुभम् सर्राफले २२ रन बनाए भने मिनील्यान्डका विवेक बस्नेतले पाँच र रोहित साहले तीन विकेट लिए । यस खेलको ‘म्यान अफ दी म्याच’ मिनील्यान्डका रोहित साह घोषित भए ।

मङ्गलवार हुने पहिलो खेल नेशनल इन्फोटेक र श्री दुर्गा मोडेल मावि कलैया र दोस्रो खेल वीरगंज पब्लिक कलेज र डेसिमल कलेजबीच हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here