प्रस, रौतहट १२ फागुन/
बेरोजगार, गरीब, असहाय र अपाङ्गहरूले जीविकोपार्जन गर्न भारतबाट दैनिक नेपाल सामान भिœयाउने गरेको र सोबापत सुरक्षाकर्मीले पैसा असुल्ने गरेका छन् । भारतको बैरगनियाबाट कपडा, किराना सामग्री ल्याउँदा प्रहरीले गौर भन्सार गेटमा नै पैसा लिई छाड्ने गरेका छन् ।

शिवनगरकी विनिता जयसवालले जीवनयापन गर्न भारतबाट साडी ल्याएर नेपालमा बेच्ने गरेको र सो कार्य गरेबापत विभिन्न ठाउँमा सुरक्षाकर्मीलाई रकम बुझाउनुपरेको बताइन् ।

गौर भन्सार गेटमा खटेका सशस्त्र प्रहरी र जनपद प्रहरी, नेपाल लज नजीक खटेका प्रहरी, विपी चोकमा खटेका प्रहरी र बम नहरमा खटेका प्रहरीले पैसा लिएर सामान छाड्ने गरेका छन् । उनले पैसा नदिए सुरक्षाकर्मीले सामान खोसेर भन्सार बुझाउने गरेको बताइन् ।

सो नाकाबाट दैनिक हजारौं व्यक्ति सुरक्षाकर्मीलाई महीनावारी बुझाएर भारतबाट सामान ल्याउने गर्छन् । सामान ल्याएबापत प्रहरी हवल्दारलाई प्रत्येक पटक रु एक सय, असईलाई महीनाको दुई हजारदेखि २५ सय बुझाउनुपरेको जयसवालले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here