प्रस, सिम्रौनगढ, १३ फागुन/
बाराको सिम्रौनगढ नगरपालिका–६ कङ्काली माविको प्राङ्गणमा निश्शुल्क दाँत तथा आँखा शिविर शनिवार सम्पन्न भएको छ ।
साना किसान कृषि सहकारी संस्था लिको आयोजनामा भएको शिविरमा ९७५ जनाको आँखा र दाँत परीक्षण गरी औषधि वितरण गरिएको थियो । शिविरमा ७४५ जनाले आँखा र २३० जनाले दाँत परीक्ष्Fण गराएकोमा २३४ जनामा मोतियाबिन्दु देखिएको वीरगंज आँखा अस्पतालको डा. चन्दन बनर्जीले बताए ।
शिविरमा डा शिवा केसी, राहुल गुप्ता, अनवर अली, मिथलेश गुप्ता, शोहेल अलीलगायतले आँखा र दाँत परीक्षण गरेको साना किसान कृषि सहकारी संस्था सिम्रौनगढका प्रबन्धक दिलीपकुमार कर्णले जानकारी दिएका छन् ।