प्रस, वीरगंज, १२ फागुन/
कालिकामाई गाउँपालिकामा सञ्चालित दोस्रो गापास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवार सम्पन्न भएको छ । समापन समारोहका प्रमुख अतिथि गापा अध्यक्ष वशिष्ठनारायण गुप्ताले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने विद्यालयलाई क्रमशः २०, १५ र १० हजार नगदसहित मेडल, शिल्ड, प्रमाणपत्र वितरण गरेका थिए ।
शिक्षा तथा खेलकूद प्रमुख हंसराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरू जयनारायण कुर्मी, सोनालाल चौरसिया, खेल प्रशिक्षक विश्वेश्वर पटेल, समाजसेवी रामबालक पटेललगायत कालिकामाई गापा सामुदायिक विद्यालयका प्रअ, शिक्षक, विद्यार्थीहरूको सहभागिता थियो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी खेल सम्पन्न भएको थियो । नौं स्वर्ण, तीन रजक र सात कांस्यसहित सुकई साह मावि भेडियारी प्रथम भयो । त्यस्तै आठ स्वर्ण, सात रजक र आठ कांस्यसहित जनता मावि मुडली द्वितीय र छ स्वर्ण, १५ रजक र छ कांस्यसहित नेरामावि कटीबलुवा तृतीय भयो ।