दिनेशकुमार मिश्र, ११ फागुन/
दोस्रो सखुवाप्रसौनी कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रवार दुईवटा खेल भए । पहिलो खेलमा आयोजक सखुवाप्रसौनीलाई बहुदरमाई नगरपालिकाले पाँच रनअन्तरले पराजित ग-यो । टस हारेको बहुदरमाईले ब्याटिड्ढो निम्तो पाएपछि निर्धारित १६ ओभरको खेलमा चार विकेट गुमाएर १३४ रन बनाएको थियो ।

प्रतिउत्तरमा १३५ रनको विजयी लक्ष्य पाएको सखुवाप्रसौनीले निर्धारित १६ ओभरमा आठ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । आठ बलमा २१ रन र चार ओभरमा २१ रन दिएर एक विकेट लिएका बहुदरमाई नपाका दीपेश यादव ‘म्यान अफ दी म्याच’ घोषित भए ।

दोस्रो खेलमा कालिकामाई गापाले जगरनाथपुर गापालाई पाँच विकेटअन्तरले पराजित ग-यो । पहिला ब्याटिङ गर्दै जगरनाथपुरले निर्धारित १६ ओभरको खेलमा आठ विकेट गुमाएर ७१ रन बनाएको थियो । प्रतिउत्तरमा कालिकामाईले नौ ओभरमा पाँच विकेट गुमाएर ७३ रन बनाइ जीत हासिल गरेको थियो ।

यस खेलको ‘म्यान अफ दी म्याच’ २१ बलमा २१ रन बनाएका र तीन ओभरमा १६ रन दिएर तीन विकेट लिएका कालिकामाईका अजय महतो घोषित भए । भोलि शनिवार पनि दुईवटा खेल हुनेछन् । पहिलो खेल छिपहरमाई गापा र धोबिनी गापा तथा दोस्रो खेल परवानीपुर गापा र पोखरिया नपाबीच हुने आयोजक कमिटीका सचिव सरोज पटेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here