अमेरिका, ११ फागुन/एपी
एक निजी यानले बिहीवार ५० वर्षभन्दा बढी समयपछि चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्नका लागि सङ्घर्ष नगरेसम्म कमजोर सङ्केत मात्र प्राप्त गर्न सकेका थिए ।

खराब सञ्चार भएपनि यानको निर्माण तथा व्यवस्थापन गर्ने कम्पनी इन्ट्युटिभ मिसनले यानले सीधैं अवतरण गरेको पुष्टि गरेको छ । यद्यपि यान चन्द्रमाको दक्षिणी ध्रुवनजीक आप्mनो इच्छित गन्तव्यमा पुगेको थियो वा थिएन भन्नेबारे कम्पनीले कुनै थप विवरण दिएको छैन । यानबाट कमजोर सङ्केत प्राप्त हुनेबित्तिकै कम्पनीले आप्mनो लाइभ वेबकास्ट बन्द गरेको थियो ।

मिसन निर्देशक टीम क्रेनले कम्पनीको ह्युस्टन नियन्त्रण केन्द्रमा तनावको स्थितिबारे भने–“निस्सन्देह हाम्रा उपकरणहरू चन्द्रमाको सतहमा भएको हामी पुष्टि गर्न सक्छौं ।” इन्ट्युटिभ मसिनसका कार्यकारी प्रमुख स्टिभ अल्टेमसले भने–“मलाई थाहा थियो यो ठूलो चिन्तापूर्ण र तनावपूर्ण थियो तर हामी सतहमा छौं र प्रसारण गर्दैछौं, चन्द्रमामा तपाईंलाई स्वागत छ ।”

टचडाउनको दुई घण्टापछि कम्पनीको घोषणा अनुसार अन्ततः डाटा प्रवाह शुरू भएको छ । नासाको प्रसिद्ध अपोलो मुनवाकर्सपछि पहिलोपटक अवतरणले अमेरिकालाई सतहमा फर्काएको छ ।

इन्ट्युटिभ मसिनस चन्द्रमामा अवतरण गर्ने पहिलो निजी व्यवसाय पनि बनेको छ । यो उपलब्धि पाँच मुलुकले मात्र हासिल गरेका छन् । अर्काे अमेरिकी कम्पनी एस्ट्रोबोटिक टेक्नोलोजीले गत महीना यसलाई सट दिएको थियो तर चन्द्रमामा पुग्न सकेन र यान पृथ्वीमा फर्कंदा दुर्घटनाग्रस्त भयो । दुवै कम्पनी चन्द्र अर्थतन्त्रलाई गति दिनका लागि नासा समर्थित कार्यक्रमका हिस्सा हुन् ।

एस्ट्रोबोटिक सबैभन्दा पहिले बधाई दिनेमध्येको एक थियो । “एउटा अविश्वसनीय उपलब्धि, हामी निकट भविष्यमा चन्द्रमाको सतहमा तपाईंसँग सामेल हुनका लागि प्रतीक्षा गर्न सक्तैनौं”– कम्पनीले सामाजिक सञ्जाल एक्समा भनेको छ । नासाका प्रशासक बिल नेल्सनले ट्विट गरे–“इन्ट्युटिभ मसिनसले जीवनभरको अवतरणलाई गति दियो ।”

यानको नेभिगेशन प्रणाली विफल हुँदा अवतरण अघिको अन्तिम केही घण्टा थप तनावपूर्ण बनेको थियो । कम्पनीको उडान नियन्त्रण टोलीले प्रयोगात्मक नासा लेजर प्रणालीलाई कार्यान्वयनमा ल्याउनुप¥यो । यानले अन्तिम मिनेटको स्विचका लागि समयको अनुमति दिनका लागि चन्द्रमाको चारैतिर थप एउटा चक्कर लगाउनुप-यो ।

अन्ततः उक्त परिवर्तनसँगै ओडिसियस चन्द्रमा–स्किमिङ कक्षबाट उत्रियो र दक्षिणी ध्रुवनजीकै सबै चट्टान र क्रेटरबीचको तुलनात्मकरूपमा समतल स्थानलाई लक्ष्य बनाउँदै सतहतर्फ निर्देशित भयो ।

निर्दिष्ट टचडाउनको समय आयो र गयो, कम्पनीको कमान्ड सेन्टरका नियन्त्रकहरू उत्सुकतापूर्वक करीब चार लाख किलोमिटर टाढा अन्तरिक्ष यानबाट सङ्केतको प्रतीक्षा गरिरहेका थिए । करीब १५ मिनेटपछि कम्पनीले यानबाट कमजोर सङ्केत प्राप्त भएको घोषणा ग-यो ।

गत साता प्रक्षेपण गरिएको छ फिटको कार्बन फाइबर र टाइटेनियम यान (१४ फिट अग्लो) नासाका लागि छवटा प्रयोग थिए । केही वर्षमा अन्तरिक्ष यात्रीहरूको योजनाबद्ध फिर्ता हुनु अघि पहिलो चन्द्रमा डेलिभरीको व्यावसायिकीकरण गर्ने प्रयासको हिस्सास्वरूप अन्तरिक्ष एजेन्सीले कम्पनीलाई यान बनाउन र उडानका लागि ११ करोड ८० लाख डलर दिएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here