प्रस, वीरगंज, ६ फागुन/
जिल्ला प्रहरी कार्यालय, बाराले दुई करोड ८३ लाख मूल्य बराबरका सामान सहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय, अमलेखगंजले शुक्रवार वीरगंजबाट काठमाडौं जाँदै गरेको ना.७ख १६५२ र ना.८ख ४१६५ नम्बरका ट्रक चेकजाँच गर्ने क्रममा बिलबीजकभन्दा बढी स्रोत खुलाउन नसकेको दुई करोड ८३ लाख ८९ हजार मूल्य बराबरका विभिन्न सामान लोड ट्रक नियन्त्रणमा लिएको हो ।

यसैगरी, प्रहरी चौकी पथलैयाले वीरगंजबाट काठमाडौं जाँदै गरेको ना.८ख ७२४४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको छ । सो ट्रकबाट बिलबीजकभन्दा बढी स्रोत खुलाउन नसकेको ७७ लाख छ हजार मूल्य बराबरको खुद्रा सामान भेटिएपछि ट्रक नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्ष्Fक वीरेन्द्रराज गुरुङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here