काठमाडौं, ६ फागुन/रासस
एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ टोली क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा आइतवार भएको खेलमा नेपाल ‘ए’ले प्रस्तुत गरेको २१७ रनको लक्ष्य क्यानडाले ४९ दशमलव तीन ओभरमा छ विकेट गुमाउँदै पूरा ग-यो । क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ८० रनको योगदान दिए । उनले ७६ बल खेल्दै १० चौका र दुई छक्का प्रहार गरे । यसैगरी, निखिल दत्तले ११५ बलमा पाँच चौका र एक छक्काको मदतमा अविजित ६७ रन बनाए । कप्तान साद बिन जफरले २३, श्रेयस मोम्भाले अविजित २२ तथा दिलप्रीत बाजवाले १० रन बनाए ।
बलिङतर्फ नेपाल ‘ए’का लागि साहब आलमले दुइ तथा रासिद खान, बसिर अहमद, प्रतीश जिसी र सागर ढकालले एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिड्ढो निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित ५० ओभरको खेलमा आठ विकेट आठ गुमाउँदै २१६ रन बनायो । नेपाल ‘ए’का लागि बसिर अहमदले ५५ बलमा तीन चौका र एक छक्काको मदतमा अविजित ५० रनको योगदान दिए । यसैगरी, रासिद खानले ४०, मयन यादवले ३५, किरण ठगुन्नाले २५, विवेक यादवले २१ र सन्दीप जोराले १४ रन बनाए ।
बलिङतर्फ क्यानडाका लागि साद बिन जाफले तीन, ईश्वरजीत सोधीले दुई तथा डिलोन हेलिगर, हर्ष थोकर र शाहिद अहमदजाइले एक/एक विकेट लिए । उक्त शृङ्खलाको दोस्रो खेल यही फागुन ८ गते हुनेछ ।