दिनेशकुमार मिश्र, वीरगंज, ५ फागुन/
सखुवाप्रसौनी गाउँपालिका दोस्रो क्रिकेट टुर्नामेट–२०८० अन्तर्गत शनिवार पहिलो दिनको पहिलो खेल कालिकामाई गापा र परवानीपुर गापाबीच भएकोमा कालिकामाई विजयी भएको छ। कालिकामाईले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १६ ओभरमा चार विकेट गुमाएर १४७ रन बनाएको थियो। प्रतिउत्तरमा परवानीपुरले १६ ओभरमा नौ विकेट गुमाएर १२० रन मात्र बनायोे। कालिकामाईका अजय महतोले ३२ बल ३६ रन र चार ओभरमा दुई विकेट लिएर ‘म्यान अफ दी म्याच’ भए।
दोस्रो खेल पोखरिया नपा र वीरगंज वडा नं २६ बीच भएकोमा पोखरियाले जीत हासिल ग–यो। पोखरियाले टस
जितेर पहिला ब्याटिङ गर्दै १६ ओभरमा छ विकेटको क्षतिमा १७२ रन बनायो। प्रतिउत्तरमा वीरगंजले १६
ओभरमा नौ विकेटको नौक्सानीमा १०६ रन मात्र बनाउन सक्यो। पोखरियाका विकास दास ३४ बलमा ६६ रन
बनाउनुका साथै दुई विकेट लिएकाले ‘म्यान अफ दी म्याच’ भए। भोलिको खेल जगरनाथपुर गापा र धोबिनी गापा
तथा बहुदरमाई नपा र छिपहरमाई गापाबीच हुने आयोजक सखुवाप्रसौनी युवा समाजका सचिव सरोज पटेलले जानकारी गराए।