प्रस, वीरगंज, ४ फागुन/
राष्ट्रिय समाचार समितिको ६३औं वार्षिकोत्सवको अवसरमा वीरगंज शाखाले ‘जिम्मेवार पत्रकारितामा राससको भूमिका’ विषयक अन्तत्र्रिmया कार्यक्रम गरेको छ ।
कार्यक्रमको उद्घाटन पूर्वमन्त्री एवं सङ्घीय सांसद प्रदीप यादवले गर्दै राससलाई सरकारले आवश्यकता अनुसार सहयोग गर्न नसकेकोले दिन प्रतिदिन कमजोर हुँदै गएको बताए । उनले सरकारी सञ्चार संस्था राससले अब नागरिकको हकअधिकारको पक्षमा समाचार दिनुपर्ने सुझाव दिए । सांसद यादवले रासस गठन भएको ६३ वर्षपछि मुलुकमा आमूल परिवर्तन भएको बताए ।
उनले संविधान परिवर्तन भएकोले राससलाई नागरिकको पक्षमा कमल चलाउन आग्रह गरे । देशमा परिवर्तनसँगै धेरै विकृति आएको र त्यसको दोषी सरकार भएकोले सरकारविरुद्ध राससले कलम नचलाउनु दुःखद भएको बताए ।
सासंद यादवले मधेसको हकअधिकारको विषयमा राससले समाचार दिन कञ्जुस्याइँ गरेको आरोप लगाए । सरकार परिवर्तनसँगै राससको नेतृत्व फेरिने गरेकोले गुणस्तरीय समाचारको लागि योग्य नेतृत्व ल्याउनुपर्नेमा जोड दिए ।
उनले भौगोलिक असमानता रहेको देशमा सुन्तलाको बजार व्यवस्थापनको समाचार लेख्ने मिडियाहरू तराईमा मल, सिंचाइको हाहाकारबारे चुप रहेको आरोप लगाए ।
कार्यक्रममा अन्य वक्ताहरूले राससलाई विश्वसनीय समाचार दिन आग्रह गरेका थिए । वक्ताहरूले राससमा स्टिङ्गर रिपोर्टर राख्दा राजनीतिक आस्थाको आधारमा नराखी भूगोलको आधारमा विविध समाचार लेख्न सक्नेलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।
रासस वीरगंजका प्रमुख राजु विश्वकर्माको अध्यक्ष्Fतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, प्रदेश महासचिव श्याम बन्जारा, शाखा अध्यक्ष अनुप तिवारी, वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मनोज दास, पत्रकार रामकुमार एलन, दीपक गौतम, तुलसी भण्डारीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत विजय महतो र सञ्चालन माधुरी महतोले गरेकी थिइन् ।