नोम पेन, ४ फागुन/एएफपी
कम्बोडियाली समुद्री किनारको एक रिसोर्टबाट नक्कली अपहरणको योजना बनाएको र त्यसको भिडियो फेसबूकको अनलाइनमा पोस्ट गरेको आरोपमा ताइवानका दुईजनालाई दुई/दुई वर्षको जेलसजाय सुनाइएको छ ।
प्रिह सिहानोक प्रान्तीय अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “३१ वर्षीय चेन नेङ–चुआन र ३४ वर्षीय लु सु–सिएनले सिहानोकभिलको एक भवनमा सुरक्षा गार्डले आफूलाई हिरासतमा लिएको र कुटपिट गरेको भिडियो फेसबूकमा पोस्ट गरेपछि पक्राउ गरिएको हो ।”
“दुवैजना मानव बेचबिखन, यातनासहित हिरासतमा राख्ने, बलात्कार गर्ने र मानव अङ्ग बेचबिखनसम्बन्धी निन्दनीय भिडियो तयार पार्न कम्बोडिया प्रवेश गरेका देखिएको छ,” अदालतले भनेको छ ।
अदालतले उनीहरूलाई ‘सामाजिक सुरक्षामा खलल पु¥याउन उक्साएको’ अभियोगमा बिहीवार एक सुनुवाइमा दोषी ठहर गरेको हो ।
अदालतले उनीहरूलाई जनही दुई वर्षको जेलसजाय सुनाएको छ र झन्डै दुई हजार अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ ।
प्रान्तीय सरकारले ती व्यक्तिहरूले प्रान्तको इज्जत, सुव्यवस्था र सुरक्षामा असर पार्ने गरी ‘फेक कन्टेन्ट’सहितको भिडियो बनाएको बताएको छ ।
अधिकांश ताइवानी र अन्य देशका केहीले अनलाइनमार्पmत भ्रामक सामग्री सम्प्रेषण गरी मानिसहरूलाई प्रलोभनमा पारेर पीडितहरूसँग ठूलो रकम ठग्ने गरेका पाइएको कम्बोडियाली प्रशासनले जनाएको छ ।
ताइवानको केन्द्रीय समाचार संस्था (सिएनए)का अनुसार तीमध्ये एक व्यक्तिले सोमवार राति एक भिडियोको प्रत्यक्ष प्रसारण गरेका थिए ।
भिडियोमा उनलाई अदृश्य आक्रमणकारीहरूले लखेटेको र पिटेको देखिन्छ भने दोस्रो भिडियोमा उनी भागेको दाबी गरिएको देखिन्छ ।
सिएनएका अनुसार दोस्रो भिडियोमा उनले आफू घाइते भएको र लुटिएको, बाँधेको, पिटेको र स्टन गनले आक्रमण गरेको वर्णन गरेका छन् ।
गत अगस्तमा संयुक्त राष्ट्रसङ्घले दक्षिणपूर्वी एशियामा आपराधिक गिरोहहरूले लाखौं मानिसलाई यातनाको धम्की दिएर अनलाइन ‘स्क्याम’हरू गर्न बाध्य पारिरहेको चेतावनी दिएको थियो ।
संयुक्त राष्ट्रसङ्घले एक रिपोर्टमा भनेको छ, “अनलाइन अपराधमा काम गर्न धेरैलाई तस्करी गरिएको छ र यातना वा यौन हिंसाजस्ता गम्भीर उल्लङ्घनको सामना गर्नुपरेको छ । रासस