बलिराम शुक्ला, बिरुवागुठी, ३ फागुन /
विन्ध्यवासिनी कोइलाभार साझेदारी वन उपभोक्ता समितिले बिहीवार तीन थान सालको गोलिया बरामद गरेको छ ।
सबडिभिजन वन कार्यालय, बडनिहारका वन सुरक्षा गस्ती टोली, इलाका प्रहरी कार्यालय, एकटाँगा र मनवा प्रहरी चौकीको संयुक्त टोलीले पर्सागढी नगरपालिका–२ झोङ्गर गाउँको पैनी किनारमा परालले छोपेर राखिएको तीन थान सालको गोलिया (३२ क्युफिट) बरामद गरेको साझेदारी वनका अध्यक्ष रिजवान आलमले बताए ।
बरामद काठ सबडिभिजन वन कार्यालय, बडनिहारमा राखिएको छ भने तस्करको खोजी भइरहेको वन अधिकृत उज्ज्वल यादवले बताए ।