दिनेशकुमार मिश्र, वीरगंज, २ फागुन/
पोखरिया नगरपालिकामा मेंहदी लगाउने तालीम सम्पन्न भएको छ । माँ विन्ध्यवासिनी डेभलपमेन्ट एन्ड सीप सेन्टरको आयोजना र पोखरिया नपाको सहयोगमा वडा नं. ५ का बालिकाहरूलाई तालीममा सहभागी गराइएको थियो । माघ १५ गतेदेखि शुरू भएको १५ दिने तालीम मङ्गलवार समापन भएको थियो ।
नगरप्रमुख प्रद्युम्नप्रसाद चौहानले तालीममा सिकेका सीपबाट आयआर्जन गर्न सुझाव दिए ।
तालीममा सहभागी ३० जनालाई वडाध्यक्ष महेन्द्र महतोले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा सामाजिक विकास शाखाका नरेन्द्र साहले सहजीकरण गरेका थिए ।