• सञ्जय साह मित्र

हरेककोे आफ्नै प्रेम कथा हुन्छ । कहिलेकाहीं मनमा प्रश्न उठ्दो हो– भगवान्ले कसलाई प्रेम गर्छन् होला । हामी आस्तिक मानिसहरू मनमनै विचार गर्दछौं कि भगवान्ले हामीलाई प्रेम गर्दछन् । भगवान्का त सबै जीवजन्तु नै सन्तान हुन् । आप्mनो सन्तानलाई कसले पो माया गर्दैनन् र ? हरेक जीवजन्तुले आप्mनो सन्तानलाई माया गर्दछन् । यो त सामान्य सोचाइ भयो । अलिकति गहिरिएर विचार गर्ने हो भने उमेर अनुसार मानिसले ईश्वर र प्रेमबारे विचार गर्ने गर्दछन् । कुनै बूढो मानिससँग प्रेमको विषयमा संवाद गर्ने हो भने उसले ईश्वरसित नै प्रेम गर्ने गरेको भन्दछन् । युवाबाट यही विचार लिने हो भने कुनै युवतीलाई प्रेम गर्ने गरेको बताउँदा आश्चर्य हुँदैन । योगीले योगलाई, साहित्यकारले साहित्यलाई, पिताले पुत्रलाई, पुत्रले पितालाई प्रेम गर्ने गरेको बताउन सक्छन् । यसको सोझो अर्थ यो निस्कन्छ कि मानिस आफ्नो भूमिका र वयको आधारमा प्रेम गर्दछ । तर यस विषयमा नास्तिकको भने विचार फरक हुन सक्छ ।

प्रेमको मूल्य हुन्छ । जति धेरै प्रेम उति धेरै गहिराइ हुन्छ । जति धेरै गहिराइ हुन्छ उति धेरै चासो बढ्दै जान्छ । वास्तवमा प्रेम अथाह हुन्छ भन्नु नै यससित त्याग र समर्पणको भाव हुन्छ । त्यागविना प्रेम सम्भव छ ? समर्पणविना प्रेम हुन्छ ? त्यागको निहितार्थ लगाव हो । अनि फेरि कुरो उठ्छ, जसलाई जुन कुरासित बढी लगाव हुन्छ त्यसैसित प्रेम हुन्छ । प्रेम छैन भने लगाव हुँदैन । लगाव र प्रेम पर्यायवाची भाव हुन् । पहिले अलिकति लगाव हुन्छ अनि बिस्तारै प्रेम हुन्छ । त्यसपछि प्रेमले निरन्तरता पाउँछ कि तात्कालिक बन्छ ? भनिन्छ, प्रेम क्षणिक हुँदैन तर यसमा कतिपयको विश्वास हुँदैन । प्रेममा क्षणिकता हुन्छ भने यो स्थायी हुन सक्दैन । प्रेममा स्थायित्व हुनको लागि त्याग हुनुपर्छ । प्रेमले त्याग त खोज्छ नै । यदि प्रेममा कुनै कारणले अवरोध हुँदैन भने निस्सन्देह प्रेमलाई अगाडि बढाउनुपर्छ । प्रेम गर्ने दुई पात्रबीच हुने समयको निरन्तर बहावले अनेक उतार–चढाव देखेको हुन्छ । अनेक उतार चढावबीच प्रेममा धेरै कुरा सहनुपर्ने हुन्छ । यदि कसैले कुनै एक वस्तुसित मात्र लामो समयसम्म सहकार्य गर्दछ भने धेरै तीतामिठा क्षण देख्नुपर्दछ, भोग्नुपर्दछ । कुनै बेला मन अमिलो हुन्छ र कुनै बेला हर्षित । दुई पात्रबीच कहिलेकाहीं संवादकै क्रममा तनाव पनि सिर्जना हुँदो हो, कहिलेकाहीं एकको बोली वा काम अर्कोलाई मन नपर्ने पनि हुन सक्छ । कहिलेकाहीं मनमुटाव पनि हुँदो हो । यसरी दुवै पक्षले सघाउँदै एक अर्कालाई स्याहार्दै प्रेमको यात्रालाई अगाडि बढाउनुपर्ने हुन्छ ।

प्रेमको परिभाषा सजिलो छैन । यसको कुनै सीमा नै हुँदैन । प्रेमबारे धेरैले धेरै ग्रन्थ तयार पारेका छन् । के भन्दछन् भने भगवान् श्रीकृष्णलाई राधाले र मीराले पनि प्रेम गरेका थिए । राधा र मीराले कृष्णसित दैहिक प्रेम गरेका थिए ? भनिन्छ, कृष्णसित राधाको भेट जीवनको अन्तिम समयमा भएको थियो । बाल्यकालमा भएको भेटपछि जीवनको अन्तिम क्षणमा भेटेर राधाले आपूmलाई धन्य मानेकी थिइन् । राधाले गरेको प्रेमकै कारण भगवान् श्रीकृष्णको नामको अगाडि राधाको नाम जोडिएको छ । कृष्ण जन्मेको धेरै युगपछि मीराको जन्म एउटा राजघरानामा भएको थियो । मीराले कृष्णलाई प्रेम गरेकी थिइन् । आपूmलाई समग्रमा कृष्णप्रति समर्पित गरेर मीरा भक्तिको क्षेत्रमा अमर बनिन् । भक्तले भगवान्लाई प्रेम गरेको योभन्दा दुर्लभ अर्को उदाहरण पाइँदैन ।

भगवान् श्रीकृष्णलाई एक मित्रको रूपमा र भगवान्कै स्वरूप मानेर एक गरीब ब्राह्मण सुदामाले प्रेम गरेका थिए । कुनै मित्रले आप्mनो मित्रलाई कतिसम्म प्रेम गर्न सक्छ भन्ने उदाहरणको सर्वोच्च रूप कृष्ण र सुदामाको प्रेमलाई लिन सकिन्छ । कृष्णलाई सुदामाले प्रेम गरेका थिए तथा सुदामालाई कृष्णले । सुदामाले त हरेक सास नै कृष्णप्रति अर्पण गरेका थिए । कृष्णलाई उनी बिर्सनै सक्दैनथे । तर कृष्णले उनलाई कत्तिको प्रेम गर्दछन् भन्ने कुरो सुदामालाई थाहा थिएन । सुदामा प्रेममा यसरी एकोहोरिएका थिए कि उनलाई कृष्णले प्रेम गर्ने गरेको वा नगरेको जानकारी थिएन । अनन्त प्रेम गर्ने, जुनसुकै अवस्था र हालतमा पनि प्रेम गर्ने सुदामालाई कृष्णको घरसम्म पुगेर भेट गर्न नदिंदासम्मको अवस्थामा पनि उनको मोहभङ्ग भएको थिएन । भङ्ग हुने मोह वा आकर्षण भए पो ? कृष्णलाई जब सुदामा आएको जानकारी प्राप्त भयो, फर्किसकेका सुदामाको पछिपछि यसरी कुदे, मानौं मित्रबाहेक दुनियाँमा अरू केही छैन । शास्त्रहरूमा संयोग यस्तो देखिन्छ कि कृष्ण आप्mनो दरबारबाट नाङ्गो खुट्टा निस्केका थिए सडकमा सुदामालाई खोज्न । सुदामाको हैसियत नै थिएन कि कुनै पाउदान लगाऊन् । सुदामालाई खोज्दै सडकमा दौडिंदै गरेका श्रीकृष्णलाई देख्ने द्वारकावासी विस्मित हुँदै कृष्णलाई अचम्मको मित्र मानेका थिए ।

दैहिक प्रेमको उदाहरण लौकिक दुनियाँमा निकै त्यागपूर्ण पनि पाइन्छ । इतिहासमा कतिपय पात्र यस्ता छन् कि पत्नीलाई प्रेम गर्ने एक युवक रातको अँध्यारोमा वर्षा झेल्दै, बाढी तर्दै सर्पलाई समातेर पत्नीलाई भेट्न पुग्दछन् । यसलाई प्रेमको उत्कर्ष रूप मान्न सकिन्छ तर त्यहाँ तिनकी पत्नीले उनलाई कडा जवाफ दिंदै यत्तिको प्रेम भगवान्सित गरेको भए भगवान् पनि भेट हुने बताएकी थिइन् । म यहाँ ती पात्रको नाम उल्लेख गरिरहेको छैन ।

साँच्चीकै ती युवक भगवान्लाई भेट्न एक दिन सफल भए भन्ने मिथक पाइन्छ । तिनी विश्वप्रसिद्ध कविको रूपमा प्रख्यात भए । आज पनि विश्वमा एक सुपूजित व्यक्तित्वका रूपमा परिचित छन् । कतिले मान्दछन् – तिनकी पत्नीले उनलाई प्रेम गरेकी थिइनन् कि ? पत्नीले पतिलाई प्रेम नगर्ने पनि हुन सक्छ र ? पत्नीले पनि अगाध प्रेम गरेकै हुन् नि १ वर्षा, बाढी र सर्पको जोखिम किन मोल्नुपथ्र्यो ? जोखिमबाट जोगिनुपर्छ भन्ने सुझाव पनि दिएको हुनुपर्छ ।

रामायणमा रामलाई ज्येष्ठ भ्राताको रूपमा लक्ष्मणले गरेको प्रेममा त्यागको कुन रूप छ ? दाजु–भाइको यो अनुपम प्रेम हो । रामायणमैं एउटा प्रेम छ, भक्तको । हनुमानले त आपूmलाई भक्तभन्दा पनि सेवक मान्ने गरेका थिए । एउटा सेवकलाई रामकी पत्नी जानकीले पुत्रको संज्ञा दिएकी छन् । सीताजस्ती आदर्श महिला अर्थात् देवीले पुत्रको सम्मान दिंदा हनुमान धन्य भएका थिए । स्वयं रामले पनि हनुमानलाई भरत भाइको समान मानेका छन् । भाइसित तुलना गर्दा हनुमानको इज्जत बढेको सबैले मानेका छन् । स्वयं हनुमानको नजरमा पनि रामले यसरी भन्नु हनुमानको सम्मान हो । यहाँ राम र जानकीले पनि हनुमानलाई प्रेम गरेका छन् । प्रेमकै उत्कर्षको रूपमा दुवैले त्यस्तो उपमा दिएका हुन् ।

दुनियाँमा यस्ता अनेक पात्र छन्, जो केवल नामसित प्रेम गर्दछन् । जस्तै कृष्ण, राम तथा बुद्धको नामसित जोडिएका यस्ता अनेक नाम वा पात्र छन् जो आफ्नो साससित जोड्दछन् । नामसित प्रेम गरेर नामकै ध्यान लगाउँछन् । भनिन्छ, साकार नामलाई मान्ने त अनेक छन् र निराकार नामलाई पनि पूज्दछन् । कबीरपन्थीले रामलाई पूजा गर्दछन् तर दशरथपुत्र रामलाई नभएर निराकार रामलाई । यहाँ पनि नामको प्रेम त छ र श्रद्धा पनि छ ।

आजभोलि आधुनिक युगमा एक दिनको लागि कुनै दिवस मनाउने चलन बढेको छ । हरेक दिन कुनै न कुनै दिवस मनाइन्छ । कुनै एक दिन अनेक दिवस पनि पर्ने गर्दछन् । यस्तैमा एक दिवसको रूपमा मनाइने गरिन्छ ‘प्रेम–दिवस’ । शास्त्रहरूमा कैयौं जुनीसम्म पनि तृप्त नहुने प्रेमलाई, एक दिवसमा सीमित गरेर प्रेमको औचित्य दर्शाएको मात्र हो साङ्केतिक रूपमा । प्रेम बुझ्नेले त यस दिवसलाई मनाउFछन् नै । कर्मसित जोडेर पनि मनाइन्छ प्रेम दिवस ? अनि आफूले आफूलाई सम्मान गर्दै प्रश्न गर्न मन लाग्छ– के तपाईंले पनि प्रेम दिवस मनाउनुभयो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here