प्रस, वीरगंज, २९ माघ/
जिल्ला प्रहरी कार्यालय बाराले वन मुद्दामा जरिवाना भएपछि फरार रहेका दुईजना युवकलाई पक्राउ गरी जिल्ला अदालत कलैया, बारा चलान गरेको छ ।
जिप्रका बाराका सुचना अधिकारी एवं प्रहरी निरीक्षक वीरन्द्रराज गुरुङले वन मुद्दामा अदालतबाट साढे १२ हजार रुपैयाँ जरिवाना भएपछि फरार रहेका कोल्हवी नगरपालिका–५ रामवन निवासी २९ वर्षीय सञ्जय मुखिया र ३२ वर्षीय परमा धामीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको बताए ।