प्रस, वीरगंज, २७ माघ/
सखुवाप्रसौनी गाउँपालिकामा शनिवारदेखि दुई दिवसीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ ।

गापास्तरीय प्रतियोगिता शिक्षा शाखा प्रमुख नेपालेन्दु साहको अध्यक्षतामा भएको थियो भने गापाअध्यक्ष यशवन्त यादवले उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन समारोहमा उपाध्यक्ष शर्मिला विष्ट महतो, प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियार, मुख्य प्रशिक्षक विश्वेश्वर पटेल, प्रधानाध्यापकहरू, शिक्षक र विद्यार्थीहरूको सहभागिता थियो ।

आज र भोलि दुई दिन आयोजना हुने प्रतियोगिता दीपनारायण आदर्श मावि, श्रीपुर, पंचगावाँको खेल मैदानमा भइरहेको छ र शर्टफुट, ज्याबलिङ थ्रो र दुई सय, चार सय, १५ सय मिटरको दौड प्रतियोगिता समावेश छन् । उद्घाटन समारोहको सहजीकरण शिक्षक राजकुमार चौधरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here