प्रस, वीरगंज, २७ माघ/
नारायणी क्रिकेट रङ्गशाला, वीरगंजमा शनिवारदेखि प्रथम अल्पाइन लिग क्रिकेट प्रतियोगिता–२०८० शुरू भएको छ । अल्पाइन माविका संस्थापक विनोद उपाध्यायको अध्यक्षतामा भएको प्रतियोगिताको क्रिकेट एशोसिएशन अफ नेपालका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय क्रिक्रेट खेलाडी मुसर्रफ इजहारले उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा विद्यालयका प्रधानाध्यापक विशाल उपाध्याय, पर्सा क्रिक्रेट सङ्घका अध्यक्ष मनीष सिंह, क्यानका पूर्वसदस्य एवं पर्सा क्रिक्रेट सङ्घका सदस्य दाउद अन्सारी, पर्सा क्रिकेट सङ्घका उपाध्यक्ष मुर्तुजा हवारी, सचिव घनश्याम गुप्ता, सदस्य एवं अल्पाइन टीमका कोच कलामुद्दीन अन्सारी, ग्लोबल बिजनेश कलेजका डाइरेक्टर श्रीराम चौधरी, मेरिगोल्ड स्कूलका प्रिन्सिपल अनमोल कोइराला, मिनील्यान्ड माविका संयोजक दीपक पटेल, जीतेन्द्र पटेल, एम्पायर हीरालाल, वासु कर्णलगायतको सहभागिता थियो ।
उद्घाटन खेलमा आयोजक अल्पाइन माविलाई मिनील्यान्ड कलेजले पाँच विकेटअन्तरले पराजित ग-यो । टस जितेर पहिला ब्याटिङ गरेको अल्पाइनले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर १०७ रन बनाएको थियो ।