ठोरीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

माधव तिमिल्सिना, ठोरी, २५ माघ/ ठोरी गाउँपालिकामा जारी दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीवार समापन भएको छ । प्रतियोगितामा १३ स्वर्ण पदकसहित सरस्वती मावि, गौतमनगर प्रथम भएको छ । गत वर्ष पनि सरस्वती मावि प्रथम भएको थियो । प्रथम भएको सरस्वती माविले नगद रु ३० हजार र शिल्ड प्राप्त गरेको छ । यसैगरी, पाँचवटा स्वर्ण […]

वीरगंजमा अल्पाइन कप हुँदै

प्रस, परवानीपुर, २५ माघ/ वीरगंजमा अल्पाइन कप आयोजना हुने भएको छ । अल्पाइन मावि, वीरगंजको आयोजनामा माघ २७ देखि फागुन १९ गतेसम्म अल्पाइन टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने आयोजक सो माविले जनाएको छ । प्रतियोगितामा सहभागी कलेजहरूबाट रु २० हजार प्रवेश शुल्क लिइएको छ । साथै, भारतका केही विश्वविद्यालयहरूबाट पनि सहयोग हुने आयोजकले जनाएको छ […]

विन्ध्यवासिनी गापामा विद्यालयस्तरीय खेलकूद सम्पन्न

प्रस, वीरगंज, २५ माघ/ विन्ध्यवासिनी गाउँपालिकामा विद्यालयस्तरीय खेलकूद प्रतियोगिता सम्पन्न भएको छ । ‘स्वास्थ्यको लागि खेल’ नाराका साथ शुरू भएको प्रतियोगिता माध्यमिक विद्यालय झौवागुठीको मैदानमा बुधवार सम्पन्न भएको हो । कार्यक्रममा गापा अध्यक्ष प्रमोद तिवारीले विद्यालयस्तरीय खेलकूद प्रतियोगिता विद्यार्थीहरूले आआफ्नो प्रतिभा उजागर गर्न पाउने अवसर भएको बताए । उनले देशलाई खेलले विश्वमाझ पहिचान दिलाउने भएकोले […]

सबल अर्थतन्त्रका लागि आन्तरिक उत्पादनमा जोड देऊ

• शीतल महतो अहिले मुलुकमा औद्योगिक वातावरण खस्कँदो छ । रोजगार सिर्जना, लगानी आकर्षण र पूँजी सिर्जना गर्ने औद्योगिक क्षेत्रको योगदान अर्थतन्त्रमा औसतमा पाँच प्रतिशतमा सीमित रहेको छ । औद्योगिक क्षेत्र खुम्चिंदा उद्योग व्यवसायमा सङ्कट आउने र यसले रोजगारसमेत गुम्न सक्ने तथा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउन थालेको छ । बढ्दो बेरोजगारीका कारण उपभोक्ताको […]

भ्रष्टाचार नियन्त्रण र हाम्रो समाज

• विश्वराज अधिकारी नेपालको राजनीतिक क्षेत्र अहिले जति तातेको छ त्यति नै आर्थिक क्षेत्र पनि तातेको छ । आर्थिक क्षेत्र तात्नुको कारण पनि छ । त्यो भनेको, नेपालको अर्थिक क्षेत्रलाई प्रभावित पार्ने मात्र होइन, अति नै प्रभावित पार्ने व्यापारिक परिवारका एक सदस्य नेपाल प्रहरीद्वारा पक्राउ पर्नु । पन्ध्र हजारभन्दा बढी व्यक्तिलाई रोजगार दिने, अनेकौं उद्योग […]

बाँसवारी छाला जुत्ता प्रकरण

श्रीमन्नारायण

• श्रीमन्ननारायण बाँसबारी छाला जुत्ता कारखानाको ३७ वर्ष अगाडिको भ्रष्टाचार प्रकरण यति बेला फेरि चर्चामा आएको छ । यो प्रकरणमा मुछिएका व्यवसायी अरुण चौधरी र तत्कालीन महाप्रबन्धक अजितनारायणसिंह थापा (हाल ८४ वर्षका)लाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप छानबीनका लागि पक्राउ गरेपछि अदालतबाट जमानतमा रिहा भएका छन् । उनीहरूमाथि बाँसबारी छाला जुत्ता कारखानाको १० […]

सार्वजनिक सुनवाइ

पारदर्शिताको लागि सार्वजनिक सुनवाइ कार्यक्रम हुने गर्छ । सार्वजनिक सुनवाइ कार्यक्रम अहिलेदेखि हुँदै आएको होइन । शुरूका दिनमा सार्वजनिक सुनवाइ कार्यक्रम एनजिओहरूमार्फत गराइन्थ्यो । आफूले गरेका कामहरूका बारेमा जानकारी गराउने, जनताले ती कामहरू भए/नभएको बारेमा बुझ्ने, प्रश्न गर्ने अनि आगामी दिनमा जनताबाट प्राप्त राय, सुझाव, सल्लाह अनुसार कामहरू गर्नका लागि सहजता होस् भनेर सार्वजनिक सुनवाइ […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।