एमाले सरकार ढालेकोले रौतहटका जनता पीडामा –अध्यक्ष ओली

प्रस, रौतहट, २५ माघ/ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सरकार ढालिएका कारण नदी नियन्त्रण तथा लालबकैया नियन्त्रण हुन नसकेको बताएका छन् । नेकपा एमाले रौतहट जिल्ला अधिवेशनको बिहीवार गरुडामा उद्घाटन गर्दै अध्यक्ष ओलीले रौतहटका जनता सधैं पीडामा रहने, नदी नियन्त्रण नहुने, लालबकैयाबाट पीडित हुने जस्ता समस्यालाई समाधान गर्न एमाले लागेको तर […]

घरेलु मदिरा ब्रान्डिङ गरी बिक्री गरिने –मन्त्री रिजाल

प्रस, वीरगंज, २५ माघ/ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्री प्रवद्र्धन गरिने बताएका छन् । उद्योग मन्त्रालयमा बिहीवार आयोजित घरेलु मदिरा प्रवद्र्धन विषयक छलफलमा मन्त्री रिजालले ठूला उद्योगी हाबी नहुने गरी साना तथा घरेलु उद्योगको रूपमा घरेलु मदिराको बिक्री प्रवद्र्धनको व्यवस्था मिलाइने बताए । उनले घरेलु मदिराको उत्पादन तथा गुणस्तर […]

पकहामैनपुर गापामा प्रशासनिक सुधारका प्रयास

प्रस, परवानीपुर, २५ माघ/ पर्सामा नकारात्मक टीकाटिप्पणी र आलोचना हुने पालिकामध्ये पकाहामैनपुर गाउँपालिकालाई पनि लिइन्छ । कुनै काम सही प्रणालीबाट चल्दैन, आर्थिक अनियमितता, कमिशनतन्त्र, कुशासन हाबी भएको, राम्रोभन्दा हाम्रोलाई चुन्ने परिपाटीलगायतका कार्यमा सो पालिकाका जनप्रतिनिधिमाथि पटकपटक आरोप लाग्ने गरेको छ । तर दुई महीनायता गाउँपालिकाका गतिविधि सही प्रणालीमा हिंडिरहेको पालिकावासीले महसूस गर्न थालेका छन् । […]

वन समूहका अध्यक्ष थापा धरौटीमा रिहा

प्रस, निजगढ, २५ माघ/ निजगढ नगरपालिका–२ सिंगौलस्थित वनदेवी सामुुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्धबहादुुर थापा बिहीवार धरौटीमा रिहा भएका छन् । बारा जिल्ला अदालतका दुुई नम्बर इजलासका न्यायाधीश प्रकाश राउतको आदेशमा अध्यक्ष थापा रिहा भएका हुुन् । उनीसित रु चार लाख धरौटी माग गरिएको बारा जिल्ला अदालतका श्रेस्तेदार लालबहादुुर कार्कीले जानकारी दिए । डिभिजन वन […]

ब्युटिशियन तालीम समापन

दिनेश मिश्र, वीरगंज, २५ माघ/ वीरगंज महानगरपालिका–९ वडा कार्यालयको आर्थिक सहयोगमा महिला तथा बालबालिका विकास संस्था, पर्साले आयोजना गरेको एक महीने ब्युटिशियन तालीम बिहीवार सम्पन्न भएको छ । वडाध्यक्ष जवाहरप्रसाद कलवारले तालीममा सिकेका सीप प्रयोग गरी व्यवसाय सञ्चालन गर्न सुझाव दिए । उनले यस वर्ष आधारभूत तालीम सञ्चालन भएपनि आगामी वर्ष एडभान्स तालीम आयोजना गरिने […]

मालवाहक ट्रक नियन्त्रणमा

प्रस, वीरगंज, २५ माघ/ जिल्ला प्रहरी कार्यालय, पर्साले अनलाइन भिसिटिएस बिलभन्दा बढी मालवस्तु रहेको आशङ्कामा एउटा ट्रक नियन्त्रणमा लिएको जनाएको छ । वीरगंज महानगरपालिका–१४ गण्डकचोकबाट हिजो राति १० बजे ना.३ख ४४१५ नम्बरको ट्रक चेकजाँच गर्दा सोमा रहेका मालवस्तुहरू अनलाइन भिसिटिएस बिलभन्दा बढी देखिएपछि नियन्त्रणमा लिएको र आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया चलान गरिएको […]

सोनम ल्होछार धूमधामले मनाइने

प्रस, वीरगंज, २५ माघ/ नेपाल तामाङ धेदुङ र टाँसी साङ्ग धार्वालिङ्ग बौद्ध गुम्बा वीरगंजले २८६०औं सोनम ल्होछार यस वर्ष वीरगंजमा विभिन्न कार्यक्रमसहित सार्वजनिकरूपमा मनाउने बताएको छ । नेपाल तामाङ धेदुङ र टाँसी साङ्ग धार्वालिङ्ग बौद्ध गुम्बा वीरगंजले बिहीवार पत्रकार सम्मेलन गर्दै यस वर्ष सोनम ल्होछार पर्व धूमधामका साथ कार्यक्रम आयोजना गरेर मनाउने संस्कृति संयोजक सन्नी […]

सिलाइकटाइ तालीम सम्पन्न

प्रस, वीरगंज, २५ माघ/ वीरगंज महानगरपालिका–१५ वडा कार्यालयको सहयोगमा सरीता सीपकला केन्द्रले आयोजना गरेको महिलाहरूको लागि ४५ दिने सिलाइकटाइ तालीम बिहीवार समापन भएको छ । समापन कार्यक्रममा वडाध्यक्ष रमेश यादवले वडाका महिलाहरूको क्षमता अभिवृद्धि गराएर उनीहरूलाई रोजगार प्रदान गर्ने उद्देश्यले तालीम आयोजना गरिएको बताए । उनले तालीम लिएका महिलाहरूले सीप अनुसारको रोजगार गर्ने हो भने […]

नक्कली नोटसहित पाँचजना पक्राउ

प्रस, वीरगंज, २५ माघ/ जिल्ला प्रहरी कार्यालय, बाराले नेपाली नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले इलाका प्रहरी कार्यालय, जीतपुरले जीतपुरसिमरा उपमहानगरपालिका–७ बजार क्षेत्रबाट एकजनालाई नक्कली नोटसहित पक्राउ गरेको र सोही कार्यमा संलग्न थप चारजना गरी पाँचजनालाई पक्राउ गरिएको बताए । प्रवक्ता न्यौपानेले सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ […]

वीरगंज महानगरले जरिवानाबाट उठायो साढे २४ लाख राजस्व

वीरगंज (पर्सा), २५ माघ/रासस जथाभावी फोहर फ्याँक्नेहरूमाथि कारबाई शुरू गरेको वीरगंज महानगरपालिकाले गएको छ महीनामा साढे २४ लाख रुपियाँँ जरिवाना उठाएको छ । वीरगंज महानगरपालिकाले विसं २०७९ पुस १७ गतेदेखि जरिवाना गर्न शुरू गरेको र हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी नौ सयजनाबाट रु २४ लाख ६३ हजार जरिवानाबापतको राजस्व सङ्कलन गरेको सरसफाइ […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।