मुआवजा दिन सुक्खा बन्दरगाहमा घरघडेरी नापजाँच

प्रस, वीरगंज, २४ माघ/ वीरगंज महानगर–२५ श्रीसियास्थित सुक्खा बन्दरगाहको लागि ६२ बिघा जग्गा अधिग्रहण गरिएका व्यक्तिहरूलाई मुआवजा दिनको लागि अहिले घरघडेरी र स्ववासी जग्गाको नापजाँच शुरू भएको छ । श्रीसिया सुक्खा बन्दरगाहको लागि सरकारले थप ६२ बिघा जग्गा २०७२/७३ मा अधिग्रहण गरेको थियो । सो जग्गाको मुआवजा भने २०७७/७८ देखि दिन शुरू भएको हो । […]

मधेस विश्वविद्यालयले पार्किङ शुल्क नदिएको कम्पनीको आरोप

दिनेश मिश्र, वीरगंज, २४ माघ/ वीरगंज महानगरपालिका–१२ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्राङ्गणमा मधेस विश्वविद्यालयले शुल्क नै नतिरी बस पार्किङ गरिरहेको छ । मधेस विश्वविद्यालयले १५ कट्ठा जग्गा लिजमा लिएर वार्षिक रु ४२ लाख ५२ हजार ६८३ भाडा तिर्ने सम्झौता गरेको कम्पनीका सूचना अधिकारी मुनीलाल कुशवाहाले बताए । सम्झौता अनुसार मधेस विश्वविद्यालयले भाडामा […]

वातावरणीय परीक्षणबारे सार्वजनिक सुनुवाइ

बलिराम शुक्ल, बिरूवागुठी, २४ माघ/ पर्सागढी नगरपालिका–३ मा निर्माण हुन लागेको प्रोबायोटेक इन्डस्ट्रिज लिमिटेड (एकाइ उद्योग–८ र ९)को उद्योग वातावरणीय परीक्षणको प्रयोजनार्थ सार्वजनिक सुनुवाइ कार्यक्रम बुधवार सम्पन्न भएको छ । उद्योग स्थापनाको लागि वातावरणीय संरक्षण नियमावली (इपिआर) २०७७ ले तोकेबमोजिम प्रारम्भिक वातावरणीय परीक्षणको लागि आज उद्योग रहने स्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हो । पर्सागढी […]

शिक्षा विकास समन्वय एकाइ कार्यालय प्रमुखविहीन

नितेश कर्ण, वीरगंज, २४ माघ/ शिक्षा विकास तथा समन्वय एकाइ वीरगंज डेढ महीनादेखि कार्यालय प्रमुखविहीन छ । मङ्सिरमा निमित्त शिक्षा प्रमुखको रूपमा अशोक रौनियारलाई सरकारले पठाएकोमा एक महीना नबित्दै उनको सरुवा छिपहरमाई गाउँपालिकामा भएपछि शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय वीरगंज प्रमुखविहीन भएको हो । निमित्त प्रमुख रौनियारको सरुवा भएको डेढ महीना बितिसक्दा पनि अहिलेसम्म […]

उपप्रमुखहरूको बैठकमा प्रमुखहरूको आलोचना

दिनेश मिश्र, वीरगंज २४ माघ / पर्सा जिल्लाका निर्वाचित उपप्रमुखहरूको बैठक सखुवाप्रसौनी गाउँपालिकामा सम्पन्न भएको छ । न्यायिक समितिको प्रभावकारी सञ्चालन, त्यसका बाधा र चुनौती, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतबीच समन्वय सम्बन्धमा बैठकमा छलफल भएको थियो । विगत केही दिनदेखि पालिकामा प्रमुखहरूबाटै उपप्रमुखहरू अपहेलित भएका गुनासा आइरहेकाले सबै पालिकाका उपप्रमुख मिलेर कात्तिक १७ गते […]

फागुन १२ गते जगरनाथ रथयात्रा हुने

प्रस, वीरगंज, २४ माघ/ वीरगंजमा आगामी फागुन १२ गते जगरनाथ रथयात्रा हुने भएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन)को आयोजनामा वीरगंजमा पहिलोपटक फागुन १२ गते जगरनाथ रथयात्रा महोत्सव आयोजना हुन गइरहेको बुधवार पत्रकार सम्मेलन गरी इस्कोन वीरगंजका संस्थापक आचार्य श्रीमद एससी भक्ति वेदानन्द स्वामी प्रभुपादले बताए । उनले भारत, उडिसा राज्यको जगरनाथपुरीमा प्रत्येक […]

अनुगमनको सूचना चुहिएको प्रजिअको गुनासो

प्रस, निजगढ, २४ माघ/ निजगढ नगरपालिकास्थित बकैया खोला नदीजन्य पदार्थको उत्खननको शैली हेर्न हिजो मङ्गलवार दिउँसो सुुरक्षा बलसहित आकस्मिकरूपमा पुगेका बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले खोलामा ठूलाठूुला खाडल मात्रै भेटिएपछि तीन छक्क परे । उनले घटनास्थलको दृश्य हेरेर भने– खाडल छ, तर खाडल पार्ने एक्साभेटर मेशीन र मजदुर छैनन् । आफू अनुगमनमा आएको सूचना […]

१० किलो गाँजासहित तीनजना पक्राउ

प्रस, रौतहट, २४ माघ/ जिल्ला प्रहरी कार्यालय, रौतहटले देवाहीगोनाही नगरपालिकाबाट गाँजासहित १० किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । जयनगरबाट देवाहीगोनाहीतर्पm जाँदै गरेको मधेस प्रदेश ०३–००१–२५२४ नम्बरको सवारी चेकजाँच गर्दा १० किलो तीन सय ग्राम गाँजासहित सर्लाहीको बाग्मती नगरपालिका–१२ बस्ने २२ वर्षीय राजन मोक्तान, २३ वर्षीय सुजन मोक्तान र २९ वर्षीय असलीमायालाई पक्राउ गरिएको जिप्रका, […]

१५ वर्षीया बालिका उद्धारसहित एकजना पक्राउ

नितेश कर्ण, वीरगंज, २४ माघ/ मानव बेचबिखनविरुद्धको एकाइ इलाका मुख्यालय बेतियाले १५ वर्षीया बालिकासहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ । मोहम्मद आलमगीर मियाँले सो बालिकालाई प्रलोभनमा पारी भारततर्फ लगिरहेको अवस्थामा मियाँलाई पक्राउ गरिएको एसएसबीका इन्स्पेक्टर मनोजकुमार शर्माले बताए । एकाइले भारत, उत्तर प्रदेश प्रहरी र मुक्ति फाउन्डेशनको सहयोगमा नोयडाबाट बालिकाको उद्धार गरिएको र दुवैजनालाई बिहार […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।