प्रस, वीरगंज, २३ माघ/
जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छलीको सात लाख ३० हजार मूल्य बराबरका विभिन्न सामान नियन्त्रणमा लिएको छ ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको मेशीन, सुपारी, जुत्ता र औषधि वीरगंज–१६ बसपार्कबाट प्रहरीले नियन्त्रणमा लिएको जिप्रका, पर्साले जनाएको छ । प्रहरीलाई देखेपछि तस्करहरू सामान छाडेर फरार भएका थिए ।