प्रस, वीरगंज, २३ माघ/
वीरगंज पब्लिक कलेजले हल्ट प्राइजका सहभागीहरूको लागि वित्तीय विश्लेषण सत्र सोमवार सम्पन्न गरेको छ । बिपिसी कलेजको सभागृहमा भएको कार्यक्रममा सिटिजन बैंक लिमिटेडका क्षेत्रीय प्रबन्धक नितेश खड्गीले प्रशिक्ष्Fण दिएका थिए । उनले व्यवसायमा प्रयोग हुने पूँजीका प्रकारका बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए ।

सम्पत्ति र दायित्वका बारेमा जानकारी दिंदै उनले सहभागी छवटा टोलीलाई वस्तु तथा सेवाको मूल्य अनुमान गर्न मदत गरे । उनले वस्तु तथा सेवाको बिक्री मूल्य पहिचान गर्न तथा कुनै पनि व्यवसायको सुरुआतमा बिक्री मूल्यलाई नाफा कम राखेर काम गर्नुपर्नेमा जोड दिए । खड्गीले नयाँ ग्राहकलाई आकर्षित गर्न उद्यमीले केही अनौठो वस्तु ल्याउनुपर्ने तथा सेवा दिनुपर्ने बताए । बजारमा उद्यमी अद्वितीय विचारधारा भएको हुनुपर्ने बताउँदै उनले नयाँ ग्राहकलाई आकर्षित गर्न वस्तु तथा सेवाको मूल्य कम राख्न सुझाव दिए । खड्गीले कुनै पनि व्यवसायमा उचित वित्तीय प्रतिवेदन र तथ्याङ्क धेरै महŒवपूर्ण हुने र सावधानीपूर्वक गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here