विटोरमा दउरवा नाचको आकर्षण
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/bitor1-1024x588.jpg)
प्रस, परवानीपुर, २२ माघ/ अहिले मध्य तराईका गाउँघरमा कहरथुवा बाबाहरूको विटोर आयोजना भइरहेको छ । पर्सा र बाराका विभिन्न गाउँका बाबाहरूको छुट्टाछुट्टै काफिला (समूह) छ । उनीहरू एक महीनादेखि विभिन्न गाउँका विटोरमा सहभागी भइरहेका छन् । रहरिया डिह काफिलाले गत माघ ११ गतेदेखि आफ्नो विटोर यात्रा शुभारम्भ गरेको थियो । बाराको भलुहीबाट शुरू भएको यात्रा […]
द्वारदेवी माविको विवाद साम्य बन्दै
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/dwardevi-1.jpg)
प्रस, परवानीपुर, २२ माघ/ वीरगंज–१७ अलौंस्थित द्वारदेवी माविमा कक्षा १२ को अन्तिम परीक्षाको फाराम भर्ने विषयमा केही दिनदेखि विद्यार्थीहरूले गरेको विवाद साम्य हुँदै गएको छ । वडाध्यक्ष सञ्जीवबहादुर छतकुलीको सक्रियतामा अभिभावक एवं भद्रभलादमीबीच भएको छलफलले विवाद साम्य बन्दै गएको विद्यालयका प्रधानाध्यापक दयाकान्त झाले जानकारी गराए । उनले विवादकै कारण तीन दिनदेखि विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको […]
मेडिकल कलेजका विद्यार्थीको आन्दोलन टुङ्गियो
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/medical.jpg)
प्रस, वीरगंज, २२ माघ/ नेशनल मेडिकल कलेज वीरगंजमा अध्ययनरत विद्यार्थीहरूको आन्दोलन सहमतिमा टुङ्गिएको छ । माघ २१ गते साँझ विद्यार्थी, कलेज प्रशासन र स्थानीय प्रहरी प्रशासनको रोहबरमा माग सम्बोधन गरिएको र सहमति भएपछि आन्दोलन टुङ्गिएको हो । सात सूत्रीय माग राखेर विद्यार्थीहरू माघ १४ गतेदेखि धर्ना, प्रदर्शन गर्दै आन्दोलनमा उत्रेका थिए । विद्यार्थीहरूले होस्टलमा बस्नुपर्ने, […]
ठोरी छोटी भन्सारको स्तरोन्नति हुने
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/thori.jpg)
चिरञ्जीवी सापकोटा, ठोरी, २२ माघ/ लामो समयको प्रतीक्षापछि ठोरी गाउँपालिका वडा नं २ मा रहेको ठोरी छोटी भन्सारको स्तरोन्नति हुने भएको छ ।आगामी माघ २७ गते शनिवार सङ्घीय अर्थमन्त्री प्रकाशशरण महतले ठोरी छोटी भन्सारलाई स्तरोन्नति गर्ने घोषणा गर्नेछन् । अर्थमन्त्रीसहित अर्थ मन्त्रालयका अन्य दुई सचिव तथा भन्सार विभागका प्रमुखको समेत सहभागितामा ठोरी छोटी भन्सारको स्तरोन्नतिको […]
प्रसौनीमा बहुउद्देश्यीय भवन निर्माण हुँदै
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/prasauni.jpg)
प्रस, वीरगंज, २२ माघ/ बारा, प्रसौनी गाउँपालिका–१ बजार क्षेत्रमा विवाह, गोष्ठी, सेमिनार, सभा आयोजना गर्ने उद्देश्य अनुसार बहुउद्देश्यीय भवनको निर्माण कार्य शुरू भएको छ । करीब पाँच करोडको लागतमा तीन कट्ठा क्षेत्रफलमा दुई तले भवन निर्माण भइरहेको हो । दुई तले भवनको माथि सभाहल रहनेछ भने भुइँतलामा आठवटा कोठा निर्माण गरिनेछ । गापा अध्यक्ष विनोद […]
ट्रक नियन्त्रण
![](https://eprateekdaily.com/wp-content/uploads/2021/06/logo-1-980x1024.jpg)
प्रस, वीरगंज, २२ माघ/ जिल्ला प्रहरी कार्यालय, पर्साले बिलबीजकभन्दा बढी कपडा र खुद्रा सामान लोड एउटा ट्रकलाई सोमवार बिहान नियन्त्रणमा लिएको छ । वीरगंजबाट विराटनगर जाँदै गरेको ना.३ख ४७४९ नम्बरको ट्रकलाई गण्डकचोकमा प्रहरीले चेकजाँच गर्दा बिलबीजकभन्दा बढी सामान भेटिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त ट्रकबाट ३५ लाख ९२ हजार मूल्य बराबरको कपडा तथा […]
प्रेस चौतारीको स्थापना दिवसमा प्रभातफेरी
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/prabhatferi.jpg)
प्रस, वीरगंज, २२ माघ/ प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसरमा सोमवार प्रभातफेरी गरेर मनाइएको छ । घण्टाघरबाट निकालिएको प्रभातफेरी आदर्शनगर हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभा गरी समापन भएको थियो । कोणसभामा चौतारीका पूर्वकेन्द्रीय उपाध्यक्ष महेश दासले चौतारी पछिल्लो समयमा पत्रकारहरूको पेशागत सङ्गठनहरूमध्ये मजबूत बन्दै गएको बताए । प्रेस चौतारी मधेस प्रदेशका सहइन्चार्ज श्याम बन्जाराले […]
निर्णय होइन, काम गर्नुप-यो
![](https://eprateekdaily.com/wp-content/uploads/2021/06/logo-1-980x1024.jpg)
वीरगंज महानगरपालिकाको बजार अनुगमन समितिले सङ्घीय स्वास्थ्य ऐनमा व्यवस्था भए अनुसार मठमन्दिर, शिक्षण संस्था वरिपरि पाँच सय मिटरमा मदिरा र सुर्तीजन्य पदार्थको बिक्री गर्न नपाउने विषयमा बहस चलाएको छ । समितिको माघ २१ गतेको बैठकले पहिलो चरणमा ऐन कार्यान्वयनमा ल्याउने क्रममा महानगरका घार्मिकस्थलहरू र शिक्षण संस्थाको जग्गामा निर्मित भवनहरूमा मदिरा र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा […]