प्रस, वीरगंज, २२ माघ/
जिल्ला प्रहरी कार्यालय, पर्साले बिलबीजकभन्दा बढी कपडा र खुद्रा सामान लोड एउटा ट्रकलाई सोमवार बिहान नियन्त्रणमा लिएको छ ।

वीरगंजबाट विराटनगर जाँदै गरेको ना.३ख ४७४९ नम्बरको ट्रकलाई गण्डकचोकमा प्रहरीले चेकजाँच गर्दा बिलबीजकभन्दा बढी सामान भेटिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त ट्रकबाट ३५ लाख ९२ हजार मूल्य बराबरको कपडा तथा खुद्रा सामान भेटिएपछि आज कारबाईको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको जिप्रका, पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here