तीनदिने पत्रकारिता तालीम समापन

ओमप्रकाश चौधरी, सौराहा, २१ माघ/ पोखरिया नगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासङ्घ पर्साले चितवनको पर्यटकीयस्थल सौराहामा आयोजना गरेको तीन दिने पत्रकार स्तर वृद्धि तालीम आइतवार समापन भएको छ । पर्सा जिल्लाका उदीयमान पत्रकारहरूलाई आधारभूत पत्रकारिता, विद्युतीय सञ्चार माध्यम, आचारसंहिता र बढ्दो सामाजिक सञ्जालका कारण छापा, रेडियो र टिभी पत्रकारितामा परेको असरबारे नेपाल पत्रकार महासङ्घ पर्साका […]

मजदूर सङ्गठनको अधिवेशन सम्पन्न

प्रस, वीरगंज, २१ माघ/ सूर्य नेपालको समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन)को १३औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लोकेन्द्रराज त्रिपाठीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिल्लीप्रसाद दहाल, सचिवमा स्वागत कुँवर, सहसचिवमा सुशील खनाल, कोषाध्यक्षमा राकेश पञ्जियार चयन भएका छन् । निर्वाचित कमिटीलाई समग्र उद्योग ट्रेड युनियन नेपाल केन्द्रीय अध्यक्ष […]

लागूऔषधसहित युवक पक्राउ

प्रस, वीरगंज, २१ माघ/ जिल्ला प्रहरी कार्यालय, पर्साले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । शनिवार वीरगंज महानगरपालिका–२५ बाट प्रहरीले लागूऔषध अनरेक्स ३७ वटा बोतलसहित वीरगंज–२३ प्रसौनी बस्ने १८ वर्षीय राकेश दास तत्वलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।

बिआरआई परियोजनाको विरोधमा प्रदर्शन

प्रस, वीरगंज,२१ माघ । राष्ट्रिय एकता अभियान, पोखराले बिआरआई परियोजना मुलुकको लागि ऋणजाल भएको भन्दै पोखरामा प्रदर्शन गरेको छ । अभियानका केन्द्रीय सदस्य ईश्वर लामाको नेतृत्वमा ऋणमुक्त, स्वाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि सचेतनामूलक -याली निकालेको हो । प्रदर्शनमा सहभागीहरूले पोखरा विमानस्थललाई ऋणजालबाट मुक्त गर, विमानस्थल पूर्णरूपले सञ्चालन गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, बिआरआई ऋणलाई अनुदानमा […]

चौधरीलाई रिहा गर्न वीउवासङ्घको माग

प्रस, वीरगंज, २१ माघ/ सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको घटनामा वीरगंज उद्योग वाणिज्य सङ्घले आइतवार विज्ञप्ति निकालेर रिहाइको माग गरेको छ । सङ्घका अध्यक्ष अनिल अग्रवालले विज्ञप्ति जारी गर्दै चौधरीको पक्राउप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले अनुसन्धानको नाममा व्यवसायी चौधरीलाई पक्राउ गरिनु […]

सफलताको रामवाण

• अनन्तकुमार लाल दास हरेक मानिसको सपना सफल हुन्छ । यसका लागि सबैले आआफ्नै तरीका अँगाल्छन् । यसरी प्रयास गर्दा कोही सफल हुन्छ, कोही असफल । तीमध्ये केही यस्ता हुन्छन्, जसले जे पनि गर्दा सफल हुन्छन् भने केही यस्ता हुन्छन् जसले जे गर्दा पनि असफलता नै हात लाग्छ । वास्तवमा सफलता पाउनुमा धेरै कारक रहेका […]

दलहरूको सडक यात्रा

राजनीतिक दलहरूले अहिले देशको विभिन्न सडक खण्डहरूको यात्रा गर्दैछन् । नेकपा एमालेले मध्यपहाडी राजमार्गको १८ दिन लामो यात्रा तय गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणघाट बुटवल पश्चिम राजमार्गको यात्रा पूरा गरेको थियो भने अहिले नेपाली काङ्ग्रेसले तराईको हुलाकी राजमार्गको यात्रा गर्दैछ । एमाले अध्यक्ष केपीशर्मा ओलीसमेतको सहभागितामा पोलिटब्युरो, केन्द्रीय पदाधिकारीहरूको टोलीले मध्यपहाडी राजमार्गको यात्रा गर्दै राजमार्गसँग […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।