प्रस, वीरगंज, २१ माघ/
सूर्य नेपालको समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन)को १३औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लोकेन्द्रराज त्रिपाठीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा दिल्लीप्रसाद दहाल, सचिवमा स्वागत कुँवर, सहसचिवमा सुशील खनाल, कोषाध्यक्षमा राकेश पञ्जियार चयन भएका छन् ।

निर्वाचित कमिटीलाई समग्र उद्योग ट्रेड युनियन नेपाल केन्द्रीय अध्यक्ष आनन्द थामीले शपथ ग्रहण गराएका थिए । कार्यक्रममा नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, व्हिनकी केन्द्रीय सचिव गीता भण्डारी, केन्द्रीय सदस्य मनोज चौधरी, जिफन्ट मधेस प्रदेश सचिव मुक्ति चौधरीलगायतले मन्तव्य राखेका थिए भने स्वागत सुशील खनालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here